प्राकृतिक सौन्दर्यले भरिपूर्ण घोडेपानीमा पर्यटकको घुइँचो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/202404121515-d58e349a-680d-4928-a987-0fac2238ed38_medium_NCTRiRyQ1f_slegjtl254z6klarpsduzahjbuqjjjailu3meqn7cmw9xbclhyixvrh1mrlv_ylK9PUaIzL_czpc9nuhiwcnmzwk4tqocqpidkjwqmk41c7g1wo9yczefldse7mv6dqlcxcv.jpg)
म्याग्दी / पहाडको अग्लो स्थान। शान्त वातावरण। पाखाभरि ढकमक्क फुलेका लालीगुराँस। चारैतिर घना गुराँसको जँगलको बीचमा रहेको बस्ती। घरको झ्यालबाटै जँगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ।
“लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठूला होटल भरिभराउ भएका छन्”, घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भने, “विद्यालय, एसइईको वार्षिक परीक्षा सकेर फुर्सदिला भएका शिक्षक विद्यार्थीदेखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायी यहाँ आउनुभएको छ ।”
सत्ताइस वटा होटल रहेको घोडेपानीमा दैनिक एक हजारजना बास बस्न सक्छन् । साना ठूला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताउनुभयो । जाडो हटेर वनजँगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ। चैत–वैशाख गुराँस फुल्ने याम हो। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको घोडेपानी घुमेर फर्किएका मंगला गाउँपालिका–५ का करन कँडेलले बताए।
विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रजातिका छन्। घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ। लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जँगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए।
“वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ”, उनले भने, “गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।”
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन्। बेनीबाट आठ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताइन्।
गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मिता खरेलले अनुभव सुनाइन्। फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फूल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन्।
एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ।
समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_ZD7GuleqXf_cx3de7fg7avj9owdsx1ddbxzbwyntewec55wkmni7flns8cblldcphtlwjyt.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_sTIprIkc7M_c3ovhrb8fvnu6hg1ylochqyczbqxzpfjjdl5ghpjxwiyda22inqjyritekfo.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_ZoT1OLB9zI_gyaewerax9m5snkob6cecrtdufjawimbygp6jnfjdpcjang5m3tukzumsz3l.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_BYuouAtd1l_nwys6itureyubjvwdsb9qrqij95s3uwadsifylqfy7se0de4xlsuy1nmtpdc.jpg)
प्रतिक्रिया