माेरङमा भारतीय एसएसबीकाे ज्यादती , नेपाली भुमी मिचेर चलाए ड्राेजर

माेरङ ।  मोरङको रतुवामाई नगरपालिका १ सोनापुरस्थित बार्डर आउट पोस्ट क्षेत्रमा भारतीय   एसएसबीहरुले ज्यादती गरेका छन ।  रातिको समयमा जेसीबी प्रयोग गरेर १० गज्जामा रहेको नेपाल तर्फकाे  सडक खनेपछि बिवाद उत्पन्न भएकाे छ ।  

उक्त सडकबाट अहिले मोटरसाइकल साइकल समेत आवतजावत गर्न कठिनाई भएको छ।  नगरपालिका र नेपाल प्रहरी सशस्त्र प्रहरी बओपीलाई समेत सो कुराको जानकारी भएता पनि उनीहरूले  समेत  कुनै चासो नलिएको स्थानीयले बताएका छन् ।

भारतीय एसएसबीहरूले दादागिरी शैलीमा यसरी बाटो नै अवरुद्ध हुने गरि जेसिबि लगाउदा पनि नेपाल सरकार स्थानीय प्रशासनले भने कुनै चासो देखाएका छैनन् ।

दश गजामा रहेको सहायक पिलर १५७/ २ नम्बरको पिलर देखि पूर्वपट्टिमा रहेको कच्ची सडकमा यसरी भारतीय एसएसबीहरूले नेपाली भूभागको सडक नै खाल्डो पारेपछि अहिले सो गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय सलिम मिया ले बताए।भारतीय पक्षले केही व्यक्तिहरूले सो १० गज्जामा घर  समेत निर्माण गरेर बसिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित