साहसी नेपाली चेली जो मध्यपूर्वकै पहिलो डबल-डेकर (दुई तल्ले) बस चलाउँछिन्

 सुन्दरहरैंचा ।  ओखलढुङ्गाको कुवापानीमा बुबा अमर बहादुर भण्डारी र आमा देउ माया भण्डारीकी कोखबाट जन्मिएकी शान्ति कुमारी भण्डारी अहिले यूएईको दुबईमा डबल-डेकर (दुई तल्ले) बस चलाउँछिन्। सन् २०१५ मा बहिनि ज्वाई मार्फद भिजिट भिसामा दुबई पुगेर ब्यूटिसियनको रुपमा काम गर्न थालिन् शान्तिले। उनी पुगेको केहि समय पछि बहिनि नेपाल फर्किईन् र ज्वाई पनि अस्ट्रेलिया तीर लागे।

उनले १ बर्ष जति न्युनतम तलवमा ब्यूटिसियनको रुपमा काम गरिन्। त्यसपछि केहि पैसा जम्मा गरेर नेपालमा रहदा नै ड्राईभिङ लाइसन्स निकाल्ने रहर पूरा गर्न भने त्यति सहिजो थिएन्। ब्यूटिसियन भिसामा जानेले त्यति बेला भिसा क्यटोगरी अनुसार ड्राईभिङ लाइसन्स निकाल्न मिल्दैन थियो।

त्यसपछि लाइसन्स पाउनलाई यातायात क्षेत्रमै काम गर्नु मात्र पाउने भएपछि उनले त्यहाँको एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम थालिन् र सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गर्ने बित्तिकै त्यो कम्पनीमा रिजाईन दिईन।

त्यसपछि सन् २०१८ लाग्ने बेलामा अबुधाबिकै उत्कृस्टअल गजल यातायात कम्पनीमा पुगिन्। 'त्यहाँ पुगेपछि काम दिन आनाकानी गरेपछि कम्पनीलाई मलाई एक मौका दिए पछि केहि भन्ने चान्स दिन्न भनेपछि कडा मेहेनतका साथ करिव १९ दिनको क्लासपछि परिक्षा दिएर पास गरिन्।

त्यो परिक्षा पास गरेपछि ट्याक्सी चलाउन अर्को परमिट पनि आवश्यक पर्थ्यो;शान्तिले भनिन्,'यो परमिट प्राप्त गरेको भोली पल्टै मेरो हातमा गाडी चाबी दिनुभयो,त्यसपछि मैले गाडी चलाउन सुरु गरे,पहिला त निकै गाह्रो भयो तर पनि हर मानिन्।' सडक थाहा नभए पनि यात्रुहरु बोकेर हिडिन् एक्जिट थाहा नभएर यात्रुहरु रिसाउदा आफू नया भएकाले सम्झाउथिन्। धेरै पल्ट त एक्जिट मिस्टेक हुँदा आफ्नो गोजीबाट पैसा झिकेर समेत यात्रुहरुलाई दिईन्।

पाँच बर्ष जति ट्याक्सी चलाएपछि उनको मनोबल बढ्दै गयो। त्यसपछि हेबी बस लाइसेन्स निकाल्ने रहर लग्यो र आवेदन दिन भनेर धेरै यातायात कम्पनीमा गईन्। तर,केको लागि भनेर प्रश्न गर्दा बसको लागि भन्दा रिसेप्सनमा बस्नेहरु आर यु सियोर भनर प्रश्न गर्न थाल्थे। धेरै संघर्षपछि बसको फाइल खोल्न सफल भइन।

पछि इन्टरभियु पनि दिईन र पास पनि गरिन् तर,माथि मेनेजरहरु सँग पनि सरसल्लाह गर्नुपर्छ र केहि समय पर्खन भनियो। पर्खिदा-पर्खिदा केहि जबाफ नआएपछि फेरी अफिस गइन् र त्यहाँ बुझ्दा अहिले सम्म महिलाहरु नभएको भन्दै लिएन। त्यसपछि उनलाई धेरै तनाव भयो। तर पनि हार मानिन् अरु कम्पनीहरु खोज्न थलिन र एक बिग बस कम्पनीमा पुगेर आफ्नो बायोडाटा गेटमै छाडेर फर्किईन् र भोली पल्ट म्यासेज आयो।

बिग बस टुर्स मध्य(पूर्वका क्षेत्रीय निर्देशक माइकल लीससँग भेट भयो र उनको सहयोगमा शान्तिलाई पहिलो महिला डबल डेकर बस चालकको रूपमा स्वीकृति प्राप्त भयो। त्यसपछि बस चलाउन टेस्ट नै नगरी अफर लेटर पाईन् अनि उनले सोधे तिमि कहिले देखि जोइन गर्छु भनेर अनि शान्तिले एक महिनाको समय दिनु भनेर समय मागिन् र ट्याक्सी कम्पनीमा रिजाइन दिएर मध्यपूर्वकै पहिलो डबल-डेकर (

दुई तल्ले) बस चलाउने साहसी नेपाली चेली बनिन्। शान्तिले अहिले मध्यपूर्वकै पहिलो डबल-डेकर (दुई तल्ले) बस चलाउने नेपाली महिलाको उपाधि पाएकी छिन्। उनी ट्याक्सी चालक हुँदै अहिले ४ महिना देखि दुई तल्ले बसमा युएई घुम्न पुगेका पर्यटकहरू पर्यटकीय स्थलहरुमा पुर्याउने र ल्याउने गर्छिन्। पर्यटकहरू नेपाली महिला ड्राइभर भनेर हर्षित हुँदै सेल्फी खिच्न लाइन लाग्ने गरेको उनी बताउछिन्। अहिले चारै तीर आफ्नो चर्चा परिचर्चा भएको र अन्तरराष्ट्रिय मिडियाहरुमा पनि हेडलाइन देख्दा उनी पनि दङ्ग छिन्।

प्रतिक्रिया

सम्बन्धित