लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीको होटल खाली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gumba-1-.png_37ICrmrmMP_ssmnqreonvfcijxpv2fnxndbybdb3pyrev8as2tclvxzllw1tguwhui9tay5_PsHJnGAp8N_nru7o06w7onrolcbx3vdm6hplh1ii2p12ftabtuy7ihuw95ao2agiafqfnmw.png)
भैरहवा / लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ । गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै विकास कोषलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले फागुन २९ गते मंगलबार लुम्बिनीभित्र रहेका बिहार र गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहको कोठाहरु तयारी गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको नेर्ततवमा ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रपछि कोषको तर्फबाट सदस्य सचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित पत्र सबै गुम्बालाई पत्राचार गर्दै लुम्बिनीभित्र रहेका बिहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा त्यहाँ रहने विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउन, साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध गर्दे व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न र नगराउन भनिएको र ‘त्यस्ता व्यावसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारबाही हुने जनाए पनि कोषको अनुरोधलाई बेवास्ता गर्दै दर्जनौँ पर्यटकहरुलाई गुम्बा भित्रै राखिएको छ ।
बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढिलाई गुम्बा भित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको विहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् ।
लुम्बिनीलाई केन्द्रित गरेर निजि क्षेत्रले करोडौ लगानी गरेर होटल संचालन गरिरहे पनि बिहार/गुम्बाको यो अवैधानिक कार्यले होटल व्यवसायी पलायन हुनुपर्ने स्थिति आएको छ । यस क्षेत्रका कतिपय होटल बन्द भइसकेका छन,अहिले पनि कति बन्द हुने अवस्थामा पुगेको बेला विहार÷गूम्बाले यसरी व्यवसयिक रुपमा पर्यटक राख्दा यस्को प्रत्यक्ष मार होटल व्यवसायमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
यस्तो कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको छ । हामीले पटक पटक आवाज उठाउदा समेत विकास कोषले बेवास्ता गर्ने र बिहारले मनोमानी रुपमा सायैँ पर्यटठकहरुलाई गास, बाससहित राखेपछि आहिले सबै व्यवसायीले विरोध जनाएको अध्यक्ष ज्ञवालीले भने । संघले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक्नु पर्ने माग राखेको छ । दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको भन्दै संघले चेतावनी समेत दिएको थियो ।
लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षुरभिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर मर्मविपरीत बिहार क्षेत्रमा कोठा बनाएर व्यावसायिक बन्दा निजि व्यवसायीको लगानी जोखिम परेको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि चाक्लाहरु उपलब्ध गराइए बमोजिम हाल बौद्ध विहाररगुम्बा, ध्यान केन्द्रहरु निर्माण भइ सञ्चालनमा रहेको कोषले जनाएको छ ।
बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्न मापदण्ड छ । लुम्बिनी बिकास कोषले बिहार क्षेत्रमा उपलब्ध गराएको जग्गामा विभिन्न मुलुकले मापदण्ड विपरित गुम्वाको सट्टा ठूला ठूला होटल सरहको संरचना बनीरहदा बिकास कोष मौन रहेको छ ।
पछिल्लो समय मलेसियाले निमार्ण गरिरहेको संरचना होटलको रुपमा निमार्ण भैरहेको छ । अण्डरग्राउण्ड सहित ६ तल्लाको संरचनामा १ सय ५० बढि कोठा रहेपनि विकास कोषको प्रशासन प्रमुख ज्ञानिन राई अनविज्ञ रहेको बताए । मलेसियाले लुम्बिनीको ४२ वटा प्लटहरु मध्ये एक पलट लिजमा लिएर निमार्ण सुरु गरेको छ, कुनै पनि देशले ९९ बर्षका लागी पलट लिजमा लिएर मन्दीर तथा गुम्वाहरु बनाउने व्यवस्था छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरूलाई कोषको बिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनु पर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरुले मौन स्विकृती दिदा गुम्वा संचालकहरुको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानियवासीहरुले गुनासो गरेका छन् ।
२०७७ साउनमा कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठीत समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन तत्कालीन नागरिक उडयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत निर्माण गरिएका र निर्माणाधिन बाँकी प्लटहरू (विहारहरू) को वस्तुस्थितिको अध्ययन सम्बन्धि प्रतिवदेन बुझाइएको थियो ।
कोषको बिनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुचको भरमा दुई देखि तीन वटा सम्म दिइएको छ । लुम्बिनीमा कुल ४२ वटा संस्थालाई निर्मााण गर्नै अनुमिति दिइएको छ ।
लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टता सहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने, विहारक्षेत्र भित्र विनियमावलीमा उल्लेख भए बमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सुझाव दिइएको छ ।
लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर बिहारमा अहिले सम्झौता बिपरित सम्रचना निमार्ण गरी दैनिक सयौ पर्यटकहरुलाई राख्दै आएका छन् ।
जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरू रहेका छन् भने कतिपय देशका मन्दिरहरू निर्माणाधिन अवस्थामा रहेका छन् । निमार्ण सम्पन्न भैसकेका र निमार्ण जारी रहेका मन्दीहरुको नियमित अनुगमन नहुदा मापदण्ड विपरित काम भैरहदा पनि लुम्बिनी बिकास कोष मौन बसेको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाएको छ ।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_ZD7GuleqXf_cx3de7fg7avj9owdsx1ddbxzbwyntewec55wkmni7flns8cblldcphtlwjyt.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_sTIprIkc7M_c3ovhrb8fvnu6hg1ylochqyczbqxzpfjjdl5ghpjxwiyda22inqjyritekfo.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_ZoT1OLB9zI_gyaewerax9m5snkob6cecrtdufjawimbygp6jnfjdpcjang5m3tukzumsz3l.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_BYuouAtd1l_nwys6itureyubjvwdsb9qrqij95s3uwadsifylqfy7se0de4xlsuy1nmtpdc.jpg)
प्रतिक्रिया