जनवरीभन्दा फेब्रुवरीमा हवाई मार्गबाट १८ हजार भन्दा धेरै पर्यटक नेपाल भित्रिए

इटहरी । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक नेपाल आउनेक्रम बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन्।गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए। 

विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्।  

त्यसैगरी चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९,  श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना पर्यटक गएको महिना नेपाल आएका हुन्। 

प्रतिक्रिया

सम्बन्धित