इलामकि इनु अमेरिकामा निधन , शव पठाउन सहयोग संकलन अभियान

इटहरी ।  अमेरिकामा मृत्यु भएकी २७ वर्षीया नेपाली नर्स इनु योल्मोको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ।ह्योल्मो सोसाइटी अफ अमेरिकाले सुरु गरेको सहयोग अभियानमा हालसम्म ४ हजार ५ सय २३ डलर संकलन भएको जनाइएको छ। १० हजार डलर संकलन गर्ने लक्ष्य रहेको सोसाइटीले जनाएको छ। सोसाइटीले सहयोगका लागि अपिल पनि गरेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार नेपालमा इलाम नाम्सालिङ घर भएकी इनु क्यान्सर रोगका कारण मंगलबार बिहान न्युयोर्क म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको हो। क्यान्सरले सिकिस्त भएपछि उपचारका लागि उनलाई आईसीयूमा राखिएको थियो।

रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा उनी गत जुलाई दोस्रो साता अमेरिका पुगेकी  थिइन्। अविवाहित उनी न्युयोर्कमा नर्सका रूपमा काम गरिरहेकी थिइन्। गत नोभेम्बरमा पेट साह्रै दुखेपछि अस्पताल पुगेकी उनलाई चेकजाँचका क्रममा आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो। क्यान्सर शरीरका अन्य भागमा पनि फैलिसकेकाले उनको मृत्यु भएको बताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित