इटहरीमा नेश्नल लाइफको तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम

इटहरी । सुनसरीको इटहरीमा नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार अभिकर्ताहरूलाई तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कोसी प्रदेशका ३ सय भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ४२ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

इन्स्योरेन्स कम्पनीमा रहेर उत्कृस् कार्य सम्पादन गरेको मूल्याङ्कन सहित उनीहरूलाई सम्मान गरिएको थियो । अभिकर्ताले सेवाग्राही सँग प्रस्तुत हुने व्यवहार , सफलता प्राप्त गर्ने विधि र गर्नुपर्ने कामकाे विषयमा कम्पनीका कोसी प्रमुख नरेन्द्र राईले प्रस्ट बनाएका थिए ।

त्यस्तै कम्पनीका नायव कार्यकारी प्रमुख स्मृति कँडेलले उपस्थित अभिकर्ताहरूलाई क्षमता अभिवृद्धि तथा उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरेकी थिइन । कार्यक्रम इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय इटहरीको आयोजनामा भएकाे थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित