स्मार्ट पार्किङमा अनियमितता : काठमाडौँ महानगरपालिकाद्वारा न्युरोडको समान सहकारी सिल

काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित समान बचत तथा ऋण सहकारी संस्था सिल गरेको छ। स्मार्ट पार्किङमा अनियमितता देखिएको भन्दै महानगरपालिकाले उक्त सहकारीको कार्यालय शनिबार बिहान सिल गरिदिएको हो। 

स्मार्ट पार्किङमा भ्रष्टाचार भएको सूचना प्राप्त भएपछि काठमाडौँ महानगरपालिकाका सहकारी विभाग र मेयरको स्वकीय सचिवालयले सहकारी विज्ञ, नेपाल प्रहरीसहित उक्त  पार्किङ व्यवस्थापन कम्पनीको कारोबार रहेको समान बचत तथा ऋण सहकारी संस्थामा छड्के अनुगमन गरेको थियो। 

‘अनुगमनका क्रममा  कुनै पनि विवरण नियमसंगत तवरले राखिएको भेटिएन। अनियमितताको  प्रशस्त आधारहरू देखिएको र  अनुसन्धानका लागि चाहिने विवरण उपलब्ध  नगराएकोले सम्पूर्ण विवरण पेस नगर्दासम्मका लागि सहकारीको कार्यालय सिल गरिएको छ’, अनुगमन टोलीले भनेको छ। 

प्रतिक्रिया

सम्बन्धित