रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

पोखरा । पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे निकै चलाख निस्किए। बाँदर नियन्त्रणका लागि ’मेरो रुख म काट्छु’ अभियान चलाउन गत माघ १५ गते  विज्ञप्तिमार्फत आव्हान गरेका वडाध्यक्ष पाण्डेले गाउँलेलाई सूचना पहिले नै रुख काट्न लगाएको तथ्य बाहिर आयो।

वडाध्यक्ष पाण्डेले गाउँलेलाई ‘तपाईँहरू घर वरपरका रुख काटनुस, परेको म व्यहोर्छु’ भनेपछि विज्ञप्ति जारी गरेको मिति भन्दा एक सता अघिनै त्यहाँका रुखहरू भटाभट काटिए। यस घटनाले स्पष्ट हुन्छ, वडाध्यक्ष पाण्डेलाई पहिलै थाहा रहेछ विज्ञप्ति जारी भएपछि रुख काट्न पाइँदैन भनेर। अहिले गाउँले भन्दै छन्, ‘त्यसैले उनले यो उपाय निकालेको हुनुपर्छ।

बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान चलाउन मंगलबार आव्हान गरेका थिए। तर, गाउँलेले उनकै अनुमतिमा त्यस अघि नै रुख काटिसकेका थिए। रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो। पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिनभित्र घर वरपरका रुख काट्न सार्वजनिक अपिल जारी गरेका थिए।

वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यस विरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यसलगत्तै पोखरा महानगरपालिकाले रुख काट्ने अभियान रद्द गर्न निर्देशन पनि दिएको थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रुख काट्ने नीति महानगरको नभएको भन्दै कोही पनि भ्रममा नपर्न आग्रह सहित रुख काट्ने अभियान सञ्चालन नगर्न, नगराउन भन्दै सूचना जारी गरेका थिए।आजकाे नागरिक दैनिकमा खबर छ । 

 

प्रतिक्रिया

सम्बन्धित