झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते

झापा : झापामा जंगली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ। हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान घाइते भएका छन्। शिवसताक्षी नगरपालिका-११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी-११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।  

त्यस्तै उनका श्रीमान ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए। दुई वटाको सङ्ख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए। घटनामा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ। साभार श्राेतः अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया

सम्बन्धित