सोनापुर मिनिरल्सले बोला माघ २६ गते एजीएम, के–के छन् एजेन्डा?

काठमांडौ / सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बस्ने भएको छ ।सभा माघ २६ गते बस्ने भएको हो ।साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले सभामा प्रबन्धपत्र संशोधन संगै कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश गर्ने जानाएको छ । यसैगरी, उक्त सभामा कम्पनीको हाल कायम  चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित