कहिले बस्दैछ कुमारी बैंक साधारण सभा? सेयरधनीहरुको हात खाली

काठमाडौं । कुमारी बैंकको साधारण सभा बस्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो । यसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित