बेतना सिमसारमा तालाबन्दी हुँदा मासिक १५ लाख बढी घाटा

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको पहिचान सँग जोडिएको वडा नम्बर ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलय र टिकट काउण्टरमा तालाबन्दी भएको डेढ महिना बितिसकेको छ,तरपनि ताला खोल्न अहिलेसम्म कोही कसैले पहल गरेको छैन ।

बेतना सिमसारमा आन्तरिक र बाह्य गरी यो सिजनमा १५ सयदेखि २ हजार सम्म मानिसहरु आउने गर्छन । उनीहरुले २० प्रवेश टिकट मात्र खरिद गर्दा समेत ४० देखि ५० हजार सम्म दैनिक आम्दानी हुने गरेको थियो । तर टिकट काउण्टर नै बन्द हुँदा मासिक १५ लाख भन्दा बढी घाटा देखिन्छ । यति धेरै घाटा सहिरहेको समुहले ताला खोल्न कुनै पहल नगर्नु झन उदेक लाग्दो बिषय बनेको छ ।

समुहको पुष १८ गते तोकिएको साधारणसभाको खुल्ला सत्र मात्र गरेर बन्द सत्र नगरी निर्बाचन गराउने असफल प्रयास गर्दा रोकिएको साधारणसभा समेत अनिश्चित बनेको छ । निर्बाचन समितिका संयोजक लिलाप्रसाद आचार्यले शुरु भईसकेको निर्बाचनलाई रोक्दै अर्को सूचना नभए सम्मका लागि चुनाव स्थगित गरेको सोही दिन सुचना टाँस गरेका थिए । त्यसपछि अहिलेसम्म चुनावको अर्को मिति सार्बजनिक भएको छैन । राजनीतिक दलहरुकै डिजाईनमा परिषद सदस्य ल्याईनुका साथै साधारणसभा तोकिएको थियो ।

८ बर्षप्छि सो बनको निर्बाचन सहितको साधारणसभा तोकिएको थियो । बेलबारी १ स्थित तमु बौद्ध गुम्बामा गरिएको साधारणसभाको खुल्ला सत्र स्थानीय र संघर्ष समितिको बिरोध र नाराबाजीका बिच भएको थियो । नाराबाजीका बिच खुल्लासत्र कार्यक्रम समापन गरेर बन्द सत्र नै नगरी निर्बाचन गर्न खोजिएपछि स्थानीय उपभोत्ताहरुले बिरोध गरेका थिए । निर्बाचन शुरु भएपनि उपभोत्ताहरुको बिरोधका बिच निर्बाचन रोकिएको थियो । साधारणसभामा उपभोत्ता भन्दा राजनीतिक दलका कार्यकर्ताहरुलाई परिषद सदस्य बनाएको,समितिमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित नगरेको,बेतनामा भएको भ्रष्टचार र बेतिथिलाई राजनीतिक दलहरुले प्रश्रय दिएको लगायत बिबिध माग सहित स्थानीय र संघर्ष समिति आन्दोलित छ ।

प्रतिक्रिया

सम्बन्धित