धरानका शक्तिपीठहरूमा भारतका “ सुप्रिम कोर्ट” का न्यायाधीशहरुको भ्रमण

धरान / धरान-१४ स्थित विजयपुरका शक्तिपीठहरुमा भारतीय सुप्रिम कोर्टका न्यायाधीश संजय करोल सहित अन्य न्यायाधीश सहित २० जनाको टिम मन्दिर दर्शनको लागि नेपाल आएका छन्। भारतको पटना उच्च अदालतका र श्रीपुरा उच्च अदालतमा मुख्य न्यायाधीश समेत भई सकेका हाल सुप्रिम कोर्टका न्यायाधीश रहेका न्यायाधीश केराल सहितको टोलिले धरान-१४ का धार्मिक शक्तिपीठ दन्तकालि, बुढासुब्बा र पिण्डेश्वरको दर्शन गरेका छन्। करोल सहित अन्य टिमले विशेष आस्थाका साथ विधिपुर्वक पूजा गरी प्रसाद र चिनो स्वरूप रुद्राक्ष समेत लगेको पर्यटन व्यवसायी बासु बरालले बताए।

करोललाई शक्तिपीठको महिमाबारे बुझ्दा आफूले यसअघि पनि धरानका शक्तिपीठमा आएर आशीर्वाद लिएर गए पश्चात् नै सुप्रिम कोर्टको न्यायाधीश भएको बताउँदै उनले आफू सुप्रिम कोर्टको न्यायाधीश हुनुमा यिनै देवि देवताको भरपुर आशीर्वाद रहेको भगवानलाई धन्यवाद दिन र पुनः आशीर्वाद लिन न्यायालयको टिम शक्तिपीठ दर्शनको लागि नेपाल आएको बताए। पिण्डेश्वरको महादेव रुद्राक्षका देवता हुन् ।

श्री पिण्डेश्वरमा रुद्राक्ष स्पर्श गराएर धारण गर्नाले त्यो रुद्राक्ष अत्यन्त प्रभावकारी हुने र घरको मुल ढोकामा रुद्राक्षको माला राख्नाले वास्तु दोष निवारण हुने कारण बताउँदै करोलले प्रसादको रूपमा रुद्राक्ष घर समेत लगेका छन्। अन्य न्यायाधीशहरु र अधिवक्ताले समेत प्रसाद स्वरूप रुद्राक्ष लगेको बराल बताउॅछन। भ्रमणमा आएको सो टोलीलाई धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले भव्य स्वागत सम्मान गरेको हो। जनकपुर , पशुपति र मनकामना समेत जाने कार्य तालिका तय भएको टिमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित