२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया