माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पालिगाउँको सिरानका थुम्का र बस्ती चिराचिरा परेको छ। पहाडको काखमा रहेको पाली गाउँ भूकम्पपछि निकै असुरक्षित छ। ‘सबै त्रासमा छौं स्थानीय नरजित रानाले भने, ‘भूकम्पपछि हाम्रो भोक निन्द्रा सबै हरायो। गाउँ तल छ माथि डाँडो भासिएको छ चिराचिरा परेको छ। वर्षात् हुन थालेको छ। चिरा परेको भागमा पानी परेपछि पहिरो आउन सक्ने त्रासमा छौं।’
करिब ६० घरधुरी रहेको पालिगाउँका सबै त्रासमै रहेको उनले सुनाए। ‘त्रिपालमा बसेर पनि हामी सुरक्षित हुने अवस्था छैन। माथिबाट पहाड खस्ने डर छ’, उनले भने, ‘यहाँ बस्न मिल्छ कि मिल्दैन। यस ठाँउको भौगर्भिक अध्ययन गर्न आवश्यक छ। यदि जोखिम यसरी कायमै रहने हो भने बस्ती नै सार्नुपर्ने हुन्छ। यसका लागि सरकारले बेलैमा केही पहल गरोस्।’
परकम्प आइरहेका छन्। जमिन हल्लीरहेको छ। जमिन हल्लिँदा माथि पहाडबाट माटो खसेको देखिन्छ त्यही भएर पनि झन स्थानीय आत्तिने गरेको उनले सुनाए। त्यस्तै, नलगाड नगरपालिका–१ चिउरी गाउँ जहाँ भूकम्पले १३ जनाको ज्यान लिएको थियो। त्यो बस्ती पनि निकै जोखिममा रहेको स्थानीयको भनाइ छ। यसअघि वर्षात्को बेला यो गाउँ केही भासिएको थियो। अहिले पनि ठाउँ–ठाउँमा चिरा परेको छ।
सडक छेउछाउमा पनि चिरा परेका छन्। माथि पहाड छ तल गाउँ छ। पहाडको टुप्पो पनि चिरा परेको छ। भूकम्पको सानो धक्का जाँदा पनि ढुंगा खस्ने गरेका छन्। जसले गर्दा निकै असुरक्षित भएको महसुस गरिरहेको स्थानीय विमल विकले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_qdhycnTsbb_2psqi4upmtdj0daxs0slv4wdvro2kzuhj6wkkgniurjmnpphtdjh5nvcxfj7.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_Wzb1jPcLZF_lmximtbvvpn5vkhdvg9tmcvp2wwhrkhv37wfdbvbsieqpet6jsid4j7xzv1a.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_b4sxIWXAO4_e3jra9dpdjnugyhgzaectkjlg8akfxmkn3ck1jo7xxorffcvq829ykxfe3oy.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_npd9DMrkx9_0bz7frp1l7ayhr2gmxplvugl1lggxx8ayphldth7legvhsjzcmpswiuz4jhv.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_3NmUfgM4JM_mhlu6uk1eg244bw6lzsscsdmjz9bai22ucujdpcgedsxxjqbcizc3yt5xxiv.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_lnW6BkVpNl_o352lysuq04yejfuqamypcm9fzlsngbsojytf1xkyo7u0c9zhgdzgxelnfgx.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_VUhpEnfi7Z_ck78gtgkevhpt7uipygnoujdjipyfxvlge6lcnowqvrv4eal5nftnlavojem.jpg)
प्रतिक्रिया