वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj-bhansar_EeglrjPdYV_dPsy07ttQw_dbgwpqld0gni5ci3nqupc7pu3ef44dpsmiyqc4qborxlpavyknlpqfmfnwzm_F0yz5FyQXl_6kvgkkmeyx5gwfqdljvxigprjhlj9zzawzfhcuptpcregx5p1xcxjqxfswlr.webp)
काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।
उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।
ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेड च्यानलबाट निकाल्दा सामान अनुसारको राजस्व तिर्नुपर्ने र विभिन्न कागजातहरू समेत आवश्यक पर्ने भएकोले राजस्व पनि खासै तिर्न नपर्ने र सहज किसिमले निकाल्न मिल्ने ग्रीन र यल्लो च्यानलबाट निकाल्न व्यापारीहरूले विभिन्न सेटिङ गरी योजना बनाइरहेको स्रोतको दाबी छ । भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्ज नाकामा राजस्व छलीका मालसामान रहेको सूचना प्राप्त भएकाले अनुसन्धान गर्न छानबिन टोली बनाइएको जानकारी दिए । महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सोमबार सकिँदैछ । विभागका महानिर्देशक पौडेलले भने, ‘सोमबारसम्म कसैले सामान घोषणा गरी प्रक्रियामा नआए त्यहाँ रहेका सामानहरू जफत प्रक्रिया थाल्नेछौं ।’ उनले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_xtr9Tx6wut_qrev7ri0hv5pib9fx2n0z6ubrm7xjdilpds9ilttbb9atcvsyv9y2vjszkbq.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_ru5B0XjY4h_pwvc340jfmnslbnjgxuvtp8hcwnfsaznk7un4h1znesfhnjfgcmnft7xc7ps.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_P3OCNeMhJ0_oizsleycxlclgojafci8qrncmb2cjtrvhylpojtxeouaer3rykt0qu4d8vwq.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_A9sOfeZ4i7_oclb5mwilxbb6wllsaqmiuvtd5ytizb1om0mco4gg4kvsufwg3hnci5gqzaa.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_baRbBnSkKm_2i53c5igbqhg6gzjl6ai54iq0tuftwvh8lgeijfuahatjqja1zd1lnghniau.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_lnW6BkVpNl_o352lysuq04yejfuqamypcm9fzlsngbsojytf1xkyo7u0c9zhgdzgxelnfgx.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_4TEPhnn0Tt_srqwtw1cwcrotzzkj1tmsr4cry9fh8dtdff1hmn9fnhfxov1edx3s1sv9h6o.jpg)
प्रतिक्रिया