संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/samsad%2520bhawan_t2NLPBJIIW_ab0mig0qm4hbxnztw4jrobakswbenn7qfye3uqbtqsfi62xat9pmzflnoki8_VDtidnhZ2R_bc5hok10itwoyhvtxh5g04vt71rnidltobw7j5gggfs1usnsort7z11md0re.jpg)
काठमाडौँ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले आपत्ति जनाएका छन् । विषयगत समितिको काम कारबाहीबारे सभामुख देवराज घिमिरेले आह्वान गरेको छलफलमा अधिकांश सभापतिले सरकारले संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सभापतिहरूले उक्त निर्णयमा सरकारको ध्यानाकर्षण गराउन सभामुख घिमिरेसमक्ष माग पनि गरेका छन् । कात्तिक २७ गतेको निर्णयबाट सरकारले कोषको आठ अर्ब २५ करोड रुपियाँ रकम भूकम्पपछिको पुनर्निर्माणका लागि खर्च गर्नेगरी स्थानान्तरण गर्ने निर्णय गरेको थियो । उक्त कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।
संसद्ले अनुमोदन गरेको विधेयकको व्यवस्थामाथि कार्यकारी निर्णय हुनु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै सभापतिहरूले आपत्ति जनाएका थिए । सभामुखसँगको छलफलमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवले उक्त विषय प्रवेश गराउनुभएको थियो । अन्य सभापतिले पनि विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
संसद्लाई जानकारीसमेत नदिई कार्यकारीबाट निर्णय हुनु गलत भएकोमा ध्यानाकर्षण गराइएको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए । खतिवडाले भने, “संसद्ले अनुमोदन गरेका विषयमा संसद्लाई थाहा नदिने कुरा ठिक भएन । व्यवस्थापिकाको अधिकार सङ्कुचन भयो । अदालतले पनि कार्यक्रम कार्यान्वयनमा रोक लगाएको छ । हिजो न्यायपालिकाको आदेशबारे पनि प्रश्न भएको थियो । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन हामीले आग्रह गरेका छौँ ।” सभामुखसँगको छलफलमा विधायिकी अधिकारमाथि सरकारले हस्तक्षेप गरेकाले ध्यानाकर्षण भएको लेखा समिति सभापति ऋषिकेश पोखरेल बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_qdhycnTsbb_2psqi4upmtdj0daxs0slv4wdvro2kzuhj6wkkgniurjmnpphtdjh5nvcxfj7.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_ru5B0XjY4h_pwvc340jfmnslbnjgxuvtp8hcwnfsaznk7un4h1znesfhnjfgcmnft7xc7ps.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_y5f6BTpRpN_r9v5i4tgg1pgnlccthgbtvdgpt33jhvp1bkjsxbdsalfltel5wpzwwexxsuw.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_npd9DMrkx9_0bz7frp1l7ayhr2gmxplvugl1lggxx8ayphldth7legvhsjzcmpswiuz4jhv.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_3NmUfgM4JM_mhlu6uk1eg244bw6lzsscsdmjz9bai22ucujdpcgedsxxjqbcizc3yt5xxiv.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_lnW6BkVpNl_o352lysuq04yejfuqamypcm9fzlsngbsojytf1xkyo7u0c9zhgdzgxelnfgx.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_VUhpEnfi7Z_ck78gtgkevhpt7uipygnoujdjipyfxvlge6lcnowqvrv4eal5nftnlavojem.jpg)
प्रतिक्रिया