काठमाडौं महानगरमा संगठित भ्रष्टाचार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kathmandu_mahanagarpalika_onhAJvTbUL_nxcb9clzoonfogoek2vqf7upfcavd9sr2sqpuyogy4wicpijqtjs1txliymb_gn1W0mJnH3_lfq5olqmsn1ieeaftn1fyv68syazmbnesucy9fjqculg9macadx6pi9t2muv.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य भएपछि छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।
बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको नगरप्रमुख भएपछि अहिले सबै फाँटमा संगठित रूपमै भ्रष्टाचार हुने गरेको उजुरीकर्ताको दाबी छ । विभिन्न विभागले बिचौलियामार्फत सेवाग्राहीसँग काम मिलाइदिन्छु भन्दै रकम लिने गरेको दाबी गरेका छन् ।
अख्तियारमा दिएको उजुरीमा सरोकारवालासँग रिसवत किसिमले सेवाग्राहीसँग मोटो रकम मोलमोलाइ गरी खरिद एकाइ, अनुदान शाखा, नक्सा शाखा र कानुन तथा मानवअधिकार विभागमा भ्रष्टाचार हुने गरेको उल्लेख छ । महानगरको विभिन्न फाँटको १० वर्षअघिदेखि नक्सापास, घरभाडालगायतको मुद्दाको फाइल झिकेर अनुसन्धान गर्न माग गरेका छन् । उजुरीकर्ताले महानगरका जनप्रतिनिधिसमेतलाई छानबिन गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्ने दाबी पेस गरेका छन् ।
खरिद एकाइ, अनुदान एकाइ, नक्सा शाखा र कानुन तथा मानवअधिकार विभागका शाखा प्रमुख, अधिकृत र फाँटवालामाथि अनुसन्धान गर्न अख्तियारमा निवेदन दर्ता भएको छ । कानुन तथा मानवअधिकार शाखाको मुद्दा शाखा प्रमुख वसन्त आचार्य, सुमित्रा लामिछाने सुवेदी, निर्देशक देवीकुमार तिमिल्सेना, वरिष्ठ कानुन अधिकृत अर्जुन अर्याल, इन्जिनिर र फाँटवालासमेतको मिलेमतोमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको उजुरीकर्ताले दाबी गरेका छन् ।
दुई वर्षअघि महानगरमा साढे ६९ करोड रुपैयाँको भवन ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषयमा अख्तियारले यसअघि केही कर्मचारीलाई मुद्दा दायर गरेको थियो । सो दृष्टान्तलाई समेत उजुरीकर्ताले महानगरमा कसरी भ्रष्टाचार हुन्छ भन्ने विषय हेर्न अख्तियारलाई भनेका छन् ।
२०७८ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको साढे ६९ करोड रुपैयाँ लागतको भवन ठेक्का प्रक्रियामा प्रत्यक्ष संलग्न पदाधिकारीलाई उन्मुक्ति दिएर कर्मचारीविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_qdhycnTsbb_2psqi4upmtdj0daxs0slv4wdvro2kzuhj6wkkgniurjmnpphtdjh5nvcxfj7.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_ru5B0XjY4h_pwvc340jfmnslbnjgxuvtp8hcwnfsaznk7un4h1znesfhnjfgcmnft7xc7ps.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_b4sxIWXAO4_e3jra9dpdjnugyhgzaectkjlg8akfxmkn3ck1jo7xxorffcvq829ykxfe3oy.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_npd9DMrkx9_0bz7frp1l7ayhr2gmxplvugl1lggxx8ayphldth7legvhsjzcmpswiuz4jhv.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_3NmUfgM4JM_mhlu6uk1eg244bw6lzsscsdmjz9bai22ucujdpcgedsxxjqbcizc3yt5xxiv.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_lnW6BkVpNl_o352lysuq04yejfuqamypcm9fzlsngbsojytf1xkyo7u0c9zhgdzgxelnfgx.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_VUhpEnfi7Z_ck78gtgkevhpt7uipygnoujdjipyfxvlge6lcnowqvrv4eal5nftnlavojem.jpg)
प्रतिक्रिया