निःशुल्क जिपिएस पनि जोडेनन् व्यवसायीले

काठमाडौँ । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् ।
यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ । विभागले निःशुल्क सेवासहित नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो ।
तर यातायात व्यवसायीहरू नै अनिच्छुक भएपछि विभागको अभियानले गति लिन सकेको छैन । व्यवसायी नै जडान गर्न नआएपछि केही गर्न नसकेको विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

पाँच वर्षमा ५६ अर्ब ७२ करोड राजस्व छली, ६११ विरुद्ध मुद्दा

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घट्यो

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

प्रतिक्रिया