फेरि किन चाहियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nijgadh%2520international%2520airport1674990900_6ZWhnJW3sg_aphixuafvzeiqdb3sw97b1beo2x2utqsynwidwvanozzeh9ku2uqhv1vshz7_U7me5s1zrN_hpdaonswfnsg3ckx9ubbqcanscs2uf4icp3db7kkkcyjkwjhxqtjfoynppx6.jpg)
काठमाडौं । सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ। सरकारले नभई नहुने पूर्वाधारका योजना बनाउन नसकेका बेला करिब पाँच खर्ब रूपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना अघि बढाउन लागेको हो।
यसअघि २०७९ जेठ १२ गते सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरेको थियो। हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहले दिएको सुझावका आधारमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको हो।
सरकारले ऋण लिएर बनाएका विमानस्थल नचल्दा मुलुक ऋणको पासोमा पर्ने हो कि भन्ने चिन्ता भइरहेका बेला फेरि खर्बौं रूपैयाँ लाग्ने अर्को विमानस्थल निर्माण प्रक्रिया अघि बढाएको हो।सर्वोच्च अदालतले विमानस्थल निर्माण प्रक्रिया रोक्न निर्देशन दिएपछि सरकारले विज्ञ समूह गठन गरेको थियो। सोही समूहले दिएको सुझावका आधारमा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयारी गरेको हो। सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बारालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको छ। यो समाचार नागरिक दैनिकमा छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_bW5pqlNO6r_kpbvoq8ba6wk4unb6wwfogxbyip0ktexjup44umzqkaa06x1rlwrnroi5obx.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_ZOyxg3ocYw_0zekyjhcfehzrh9s5rs0sdhcrb3w9786j4gjcejtxd0ufzjrkgukpvd79lea.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_b4sxIWXAO4_e3jra9dpdjnugyhgzaectkjlg8akfxmkn3ck1jo7xxorffcvq829ykxfe3oy.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_npd9DMrkx9_0bz7frp1l7ayhr2gmxplvugl1lggxx8ayphldth7legvhsjzcmpswiuz4jhv.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_cDgoxL2CRR_iaylkpryk87zbuf7qbjl67gkat5lnhv8xc4pvxrkd6tilh4q5xwg34dvq054.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_3ufT8O2qtK_ldxezuxdsrl3ufup79skh4ncvp8a2qke8sdzfar8cy6yrtb9w4ra7lgpktnr.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_VUhpEnfi7Z_ck78gtgkevhpt7uipygnoujdjipyfxvlge6lcnowqvrv4eal5nftnlavojem.jpg)
प्रतिक्रिया