आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी

काठमाडौं / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तथा क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार गर्न अनुमति दिएको छ । 


जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयामा कारोबार हुनेछ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार हुन सक्ने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा र युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँमा कारोबार हुनेछ । 
 

प्रतिक्रिया

सम्बन्धित