दशैंमा मासु कसरी सुरक्षित राख्ने ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/meat%2520meat_htqfKTjTim_ofaur1p9mkhuefrggki6h6c81vnow3p8mqbwz9lzvb0hssrgb4a7dpbgyfcb_OjpHaZkrKj_xhfjhnin9ujzbwau5mbziofefymaozv520paqwi1q8fo6iqc6itnaqsgrejo.jpg)
दसैँमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दसैँमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विनाफ्रिजमा राख्दा बिग्रने डर हुन्छ । फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ ।
कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौँहरू राम्ररी सफा गरेर मात्र भित्री भाग खोल्न सुरु गर्नुपर्छ । आन्द्राभुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ । मासुलाई सर्लक्क साँप्रा र अन्य भाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खा बनाएर फ्रिजमा राख्नुपर्छ ।
फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने । फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर काट्ने र मज्जाले तेलमा भुटेर नुन हालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकताअनुसार अलिअलि पुनः पकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक –अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ ।
पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियमअनुसार सुरक्षित मानिँदैन र सफा गर्न पनि सहज हुन्न । खुकुरी पनि साबुनपानीले धोएर सुक्खा पारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ ।
– काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने (१८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ । कति खाने ? मासु पकाउँदा राम्ररी पाक्नु अत्यन्त जरुरी छ । एकपटक मासु खाँदा १८० देखि २२० ग्रामसम्म मात्र खानु राम्रो हुन्छ । तीनै छाकमा निरन्तर मासु खाँदा शरीर भारी हुने अल्छी लाग्ने हुन्छ । मासुसँगै सागपात तथा सलाद र शाकाहारी परिकार अनिवार्य समावेश गर्नुपर्छ । रातो मासु मात्र खानुभन्दा कुखुरा, माछा मिलाएर खाँदा शरीरलाई फाइदा गर्छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_x2JSIknkPL_kxxn1zmio774pxc4wblfm6g5jbeikoul4kbyinbyv98yiggmyue1frrd7fbr.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_9gVmiAso4v_jfreksselabspaynczkggtvwk4acrha42fhoxpwqmpyiqv3smr7quvsqwkkm.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_MhYxat8y6S_itonchouo9fpiwwqtojzh8ubp5zlrwqpzveyjgyucp1hjjzrf9ahjpnyubbf.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया