नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_frYwVFGAQ3_i3hofmzuvac5mtetaf0fwn75knucgrpy7nann1mb6n2jkpnajvcwfis9tlws.jpg)
लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ । लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।
जानीराखौँ लसुनका केही उपयोगिता…
१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ
गर्दछ ।
९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए
विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत
हुन्छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_I9J4Mfy6AR_g2jpv83o6gat8otgmpbko1wrtgrxiszllppx7qdhswznklsl9gonkeawcjlz.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ
![धनी हुने मानिसको हस्तरेखा कस्तो ? तर बिज्ञानले यसाे भन्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/Hastarekha_bst0xSFHfE_uyuqtn3bcwnmutgzr1oraic0n0vgojgjdarwlnm7efnabyuwe5w9ujr7fbia_YxkAIM9gVy_esqogblqhcs7eyqeeestwni6puyz3pesfcfzf9h8qhzv4rgdoxhjrlvy83sf.jpg)
प्रतिक्रिया