सेयर बजारमा कहिले फर्किएला चमक ?

काठमाडौ /  सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अंकमा आएको छ । सूचीकृत २ समूहमात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् । 

यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरुले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अगाडि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् । 

प्रतिक्रिया

सम्बन्धित