सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sikkim%2520purbhelinews_X73YJkpxYc_72ptpdx2llszrgovzhhqj2dmarlqjivho5nqfkodkpj9cplffew8n8dsvlb1_j1Yp2IbWOe_w3vg6nn3wbuqk5a96xpmqdgonosxhzyqg5sgs4smldnkm04fa7njjkh69jsf.jpg)
गान्ताेक । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ ।करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् ।
इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए ।
सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाकाे शव भर्खरै भेटिएको थियो । सिङताम नजिकै बर्दाङको घटनास्थलमा सेनाका गाडी र पसल खनिएकाे को छ । खोजी कार्यमा सहयोग गर्न सेनासँग आबद्ध संस्था ट्रिकोलर माउन्टेन रेस्क्यू (टीएमआर) स्निफर डग र विशेष राडारको थप टोली खटाइएको छ।
पश्चिम बंगालको जलपाईगुडी जिल्लाको टिस्टामा तैरिरहेको मोर्टार छोएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यसपछि प्रहरी, सेना र प्रशासनले विज्ञप्ति जारी गरी कुनै पनि विष्फोटक पदार्थ वा सेनाको हार्डवेयर नजिक जान वा छुन निषेध गरेका छन् । साथै त्यस्तो सामग्री देखिएमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन पनि भनिएको छ ।
यी सबै बाहेक, केन्द्र सरकारले सिक्किमलाई राज्य आपदा राहत कोषबाट ४४.८० करोड भारतीय रुपैयाँ अग्रिम रकम जारी गर्न अनुमोदन गरेको छ। साथै प्रदेशमा भएको क्षतिको विवरण लिन केन्द्रीय टोली समेत गठन गरिएको छ । एजेन्सीहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र सडक सञ्जाल पुनर्स्थापना गर्ने योजना बनाउन सर्वेक्षण पनि गरिरहेका छन्। सिंगताम र बुरदाङ बीचको सडक सञ्जाल पनि सुचारु भएको छ ।
![अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना](https://snowberry.prixacdn.net/media/gallery_folder/food%2520west-austreli_AqRsiGNE5O_jikl6z0kscrzqnbm65mxrjvn5bcc5sy5whhwrjboa6ubojjte9bhawrgizwb_ylCZTu3Q4W_kosvdb90rfpba04ftdztomyo6gtpwpe7tmdsy94wrkpczkiqbe98pispkp0e.jpg)
अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना
![कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस](https://snowberry.prixacdn.net/media/gallery_folder/EPS-Korea20_sJV8he7rQk_liphw64zdhszz21dclclsuiymocaalkcqxenmspejkxt4yiyhzld9zd2ilkb_lf4JJWFnfW_otqzufsslz2azoj9i8ap3rhofjgkgerukpmm3gesovujskdc1vipuueztrrb.jpg)
कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस
![कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/eps-korea_nglIwTbTw3_db121h4ydomk49bov5lzcj9agtrdfdkrlnima7vhayjvarru0cgbfiqrethp_OJzPx7wcCB_blhxqomygmwviuwwppx7s2omlsnawflaasi2ohk2pleqakeawfxahkou9lva.jpg)
कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)
![अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh-dahal_ePkCJAn9u5_YYWklUXJRQ_2g6yeb7v7vfnviozd0rp0iwjunt2tzxbvoiflkdo8k3ozkorjt4qxxnbftoo_Pt0lgi6Cx0_ivr6ou85tl7lsosefvfcew4cfl9ylasqnc5z78wifufo8l3kdihy1oirpn2r.png)
अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ
![दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-chapagian_ymKCsi3rav_lax9vjwfxfd7yv4hflwi5e6hjcg5lzgaqqhujpwzp8bbwibqjepfnk0xemwl_351gAx7635_av5fib2cpuovfqhbkxkuhk6lbs9xsb8hdnau7ym4j4e3mrrczbr10iiab0mo.jpg)
दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो
![कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_54fp8fRfuU_cvjez1relfxctvs48a6xdwg47yhyvrtyqrpejpfh261krfu4xwf6igldqnjr_Ug6C4dZPOz_d8u91ouwibgh6r4vbk2tnbzvtfmeuoh9du550jspcnq6ujdpeagqsxrqckbq.jpg)
कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक
![भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया](https://snowberry.prixacdn.net/media/gallery_folder/australia_NgpBEh2ljN_qjlxm1vcacqghmxywroh1xncjrowfq6bv59f5mwhy0l6mc6xwf4hbpnrjm2c_vW4Saf7voV_rtwydklmmtrf2hnsh8ifsudrpydfnbmfqjajb62dbkxzpdtfrmeico7jdm1x.jpg)
भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया
![कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि परेकाे आशंका](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_DpvwHINzhf_4kefvthbtcvh5c5keioidzooccc3hambhvli8fkuwtkzaqwqqwdjzlvb7z8p_ZOPecfOl5i_iuvpbc4n0nsvvg4mb65twrfwhieqghvgi2xwjeikxqu3cnwnrvcs2nhw68ug.jpg)
प्रतिक्रिया