सिक्किममा ताल फुटे पछिकाे बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२ बेपत्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/River_Teesta%252C_Siliguri_a8ASPxs4f9_kvtcqfbmxgk3nwq3ztr4i22izscscrbdauxuuplphduw9rqbvyzmuqoainut_88eVHjO9TX_dtbks69rlopb1hv3vmizkay5pvq7hin1tr4zsqjyc6ogcium6frdsthynhrd.jpg)
दार्जिलिङ । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर) भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन ।
यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले केही स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण बर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हाे। जसका कारण जलविद्युत आयोजनाको ठूलो हिस्सा बगेर दर्जनौं मानिस बेपत्ता भएका छन् । १७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ । बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखिएको छ । जसका कारण अचानक बाढी आएको हो ।
सिक्किम सरकारले बाढीका कारण १४ जनाको मृत्यु भएको र १०२ जना बेपत्ता भएको बताएको छ । यसबाहेक २६ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ । भारतीय सेना र उद्धारकर्मी मानिसहरुको खोजीमा जुटेका छन् ।
अहिलेसम्म चानक आएको बाढीका कारण १४ जनाको मृत्यु भएको र उनीहरुको शव फेला परेको सिक्किम सरकारले जानकारी दिएकाे छ । उत्तर बंगालमा सयौं किलोमिटर टाढा तीन जनाको शव फेला परेको थियो भने अन्य पाँच जनाको शव सिक्किमको गोलितार र सिङ्ताम क्षेत्रमा भेटिएको थियो।
सिक्किममा भएको यस त्रासदीपुर्ण घटनामा भारतीय सेनाका २३ जना सैनिक पनि बेपत्ता भएका छन् । भारतीय सेना र स्थानीय अधिकारीहरूले सैनिकहरूको खोजी गर्न संयुक्त उद्धार अभियान सुरु गरेका छन्।
![अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना](https://snowberry.prixacdn.net/media/gallery_folder/food%2520west-austreli_AqRsiGNE5O_jikl6z0kscrzqnbm65mxrjvn5bcc5sy5whhwrjboa6ubojjte9bhawrgizwb_pLbT9YqK2y_vujpnhwyqjwmnqwpbfzx0dhb8gbiwfua4mrgifnf4z2nq9opstjv8tctfcbw.jpg)
अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना
![कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस](https://snowberry.prixacdn.net/media/gallery_folder/EPS-Korea20_sJV8he7rQk_liphw64zdhszz21dclclsuiymocaalkcqxenmspejkxt4yiyhzld9zd2ilkb_lf4JJWFnfW_otqzufsslz2azoj9i8ap3rhofjgkgerukpmm3gesovujskdc1vipuueztrrb.jpg)
कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस
![कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/eps-korea_nglIwTbTw3_db121h4ydomk49bov5lzcj9agtrdfdkrlnima7vhayjvarru0cgbfiqrethp_3PWoJEETds_vfkvkhxutrlnmf4lntamtv6xx03t6iqiqjniyvg1ujpdrwhgwgmiregfiyoa.jpg)
कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)
![अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh-dahal_ePkCJAn9u5_YYWklUXJRQ_2g6yeb7v7vfnviozd0rp0iwjunt2tzxbvoiflkdo8k3ozkorjt4qxxnbftoo_Pt0lgi6Cx0_ivr6ou85tl7lsosefvfcew4cfl9ylasqnc5z78wifufo8l3kdihy1oirpn2r.png)
अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ
![दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-chapagian_ymKCsi3rav_lax9vjwfxfd7yv4hflwi5e6hjcg5lzgaqqhujpwzp8bbwibqjepfnk0xemwl_X10IN0YtAr_1rxr1sclixbjv2mygatrjg8d3s0iph41smofyhu8ds2sudnldztjqhkufs7r.jpg)
दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो
![कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_54fp8fRfuU_cvjez1relfxctvs48a6xdwg47yhyvrtyqrpejpfh261krfu4xwf6igldqnjr_q040g3vZzb_epbiga1wpjqfpcmdm3znnflscpyqinkvupdiqr34kr7asl218hityuottlyq.jpg)
कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक
![भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया](https://snowberry.prixacdn.net/media/gallery_folder/australia_NgpBEh2ljN_qjlxm1vcacqghmxywroh1xncjrowfq6bv59f5mwhy0l6mc6xwf4hbpnrjm2c_NR4G52zGPk_pvohnonlsvy68domoizabc0mhkdekt7oi6zg0q0sae5tdcfxscz67rwcspxz.jpg)
भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया
![कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि परेकाे आशंका](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_DpvwHINzhf_4kefvthbtcvh5c5keioidzooccc3hambhvli8fkuwtkzaqwqqwdjzlvb7z8p_11pAXKeIiE_uriid8xjvbb9ldztqn00vnaw1u8ernrqfqkayoyd2mioxlb380j1bultaqka.jpg)
प्रतिक्रिया