मोरङ्ग गोठगाँउमा खुल्याे नबिल बैंकको २६६ औं शाखा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/0dd707dc-a65a-4fb8-a854-5423985f8b02%2520(1)_ao92aZ2Sj4_lye9cyqlfisgocho5orirwgnw443hhbtbmcgqivccvxmoortyx3hjct0e4nu_fgfxur77Sa_f50fx2v5iv2rvhn3y0sgme3s1v1kvhgu6ga3lnwdsuc66gf45rbf94h8exkk.jpeg)
मोरङ्ग / देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।
गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो ।
नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।
मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तब्य राख्दै पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि सभाहल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं,’ ढुंगानाले बताए ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
![डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/prabhu-pkr_yatayat_8TZ9oDXJMu_ff4q3aauvarnq18wmu7jes2qrmqbp9adrdwpstck5smc8nywqces3v0wl1ss_NcSJMJ3pgG_p4jbbq0wwh2ugdofoq03gwouomrmsq8dezgpooqswbbckl5eeaspdgy5dhzj.jpg)
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
![वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/interest-decrease_JQ71sbmKxQ_4evhxgtmsolwzrjqjailkwjx1lixol7pwjdkcjlwywp9isl7wgmkgmkfmsya_qvNPbdfNWf_humpoxs2qysq6nj6xy8lcrl1hputabzmmv8lqjfgf9mrukqxrreqojlnwpod.jpg)
वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
![वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/15113661809891430478_rsBxA0qJuD_pi9sgdfleeoad6d6wzzs9wdc1sveipjupstwz5upzrva1ru959ds331rdzsu_udFJNuuavs_h5pmswqwrbotpffx7ghxh0yro2qcrpymj0rhkzgeazbzrn7ry59orj9a7egv.jpg)
वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
![विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Bideshi-Mudraa_QKzP29oQLB_jdndsgceud2si8lgicxjsrxtla6jlo3fqk8av3erchozpez3ribrdtfulhlh_BfllPu5lQV_7afuspfe6fzapbi3uwrxfiz6gnzzrjkc3upw7qhragkdywuwj22lxmqa0gxr.jpg)
विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो
![भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2207_sqWPpgsaLv_quskyfut75oideshnf3olxujp9zrlae20uregkhlkuxnyi6gvrtud60q2r7o_Kt8lumITJ4_d9wzfiznviltcpvgjg8j5s6xa89f8ezdf5sk1uohajplrd29jm43smx4mdnp.jpg)
भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
![संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rastra-bank_LfysPo8fjI_wvnttts7cgzo1pustn8xzxqvoctok86pidhwj2ttaoponhmarc7wn66ft9im_DvtWpU04SH_pfzlezonqhr3uudmdo3u8bywrpcciyzhgyopigmqu2vffvaj7uvlr4hacraf_Q2jxJOOwcA_jp9cuftkduu2keakoxkxwtvoihxzubmwtuwteswtc86ij1xpebjdhwxsiwyv.jpg)
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
![सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse-bridhi_HpCYmpSJGZ_yyb5rczcwqf92byyrwc9zyp8e2gytqxxnpc13rcexvfcvdltqszy2anwjjpu_etNOXoifW8_odvfz9nqdgfyfjoyxzt38jdlryytklyx6yeh6njel6ljrmts9z2l6ektd9bj.jpeg)
प्रतिक्रिया