इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् ।
विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।
परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नद…

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

प्रतिक्रिया