कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियन देश दौडाहामा : आज इटहरी र धरानमा प्रस्तुती

झापा / दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ। मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपराह्न दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिएका थिए।

कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकार तथा स्थानीय कलाकारहरूलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी (डिट्ठासाब)ले जानकारी दिए।

बुधबार असोज १० गते इटहरी र धरानमा कार्यक्रम आयोजना गरिने कलाकार डिट्ठासाबले बताए। कार्यक्रममा जनचेतनामूलक प्रस्तुतीहरू रहने उनको भनाइ छ।

त्यसपछि कलाकार तथा आयोजकको टोली राजविराज जानेछ। राजविराजपछि गोलबजार, त्यसपछि महेन्द्रनगरहुँदै जनकपुर, जलेश्वर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा, नारायणघाट, कावासोती, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, कोहलपुर, पाल्पा, स्याङजा, पोखरा र अन्तमा धादिङमा कार्यक्रमहरू हुनेछन्। देश दौडाहामा रहने ख्यातीप्राप्त कलाकारहरूमा डिट्ठासाबसहित रेश्मा तिमल्सिना र राजेन्द्र गिरी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित