आजको विदेशी मुद्राको विनिमय दर, साउदी रियाल ३५ रूपैयाँ बढी

काठमाडौ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसामा खरिदबिक्री गरिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८७  पैसा र बिक्रीदर ८५ रुपैयाँ २५ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा काराेबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा कायम भएकाे छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा कायम रहेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.२ पैसा  विक्रीदर ४३२.१५ पैसामा खरिदबिक्री हुनेछ ।


 

प्रतिक्रिया

सम्बन्धित