तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउने जान्नुहोस्

इम्युनिटी बुस्टर तुलसीको चिया पिउनुहोस् : रोगबाट बच्न र रोगसँग लड्न, बलियो प्रतिरोधात्मक क्षमता हुनु महत्त्वपूर्ण छ। जाडो मौसममा रुघाखोकी लाग्नु सामान्य समस्या हो । दैनिक रुपमा तुलसीको चिया पिउने हो भने फ्लु सम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

तुलसीको चिया सेवन गर्नाले रुघाखोकी र चिसोबाट बच्ने मात्रै नभई श्वासप्रश्वासको समस्यादेखि लिएर चिनीसम्मको समस्यालाई पनि नियन्त्रण गर्न सहयोगी हुन्छ ।

तुलसीको चियाले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ, जसले तनाव कम गर्न मद्दत गर्छ। यसले पाचन प्रणालीलाई ठीक राख्छ। तुलसीको चिया शरीरको दुखाईमा पनि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं यसलाई बनाउने सजिलो तरिका। तुलसी चिया बनाउनका लागि सामग्री

१ इन्च अदुवा
५–६ वटा कालो मरिच
२ वटा ल्वांग
२ वटा अलैंची
१ कप पानी

प्रतिक्रिया

सम्बन्धित