तितो करेलाले कस्ता रोगहरु निको पार्छ ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bitter-Gourd_Tite-Karela_SO46oSpt9f_wjvknxbzonkubzyqc4mfjyppxjekx4fdoihalslxpl97hzkgambtlqxtarza_0TNHv9hHNp_hufnhtiw7ny3u7ebtnv0vylioqs7gu3knvj6w1jjdbua9wmpxuottfhpkvmp.jpg)
खादा कतिपयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो करेलामा पाईने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका खेल्छन् । केहि रोगीका लागि त करेला सेवन लाभदायक छ ।
श्वासप्रश्वास समस्यामा ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि अत्यन्तै लागदायक हुन्छ ।
लिभर टनिक दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । तर, अहिले खाएर भरेनै यसको असर खोज्नुभयो भने तपाई गलत साबित हुनुहुने छ । यसले स्वास्थ्यमा पारेको सकारात्मक असर बुुझ्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनुु पर्ने हुन्छ ।
रोग प्रतिरोधक पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
डण्डीफोरमा करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
मधुमेह करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
कब्जियतमा यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
छालाको समस्यामा करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
मिर्गौला र ब्लाडर यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
मुटुको रोग यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
तौल घटाउन यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_I9J4Mfy6AR_g2jpv83o6gat8otgmpbko1wrtgrxiszllppx7qdhswznklsl9gonkeawcjlz.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
प्रतिक्रिया