कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

धनगढी ।  कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–१ भुरुवा जंगलबाट एक ग्राम लागूऔषधसहित चार जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले खानतलासी गर्दा लागूऔषध फेला पारी सोही ठाँउका २२ वर्षीय आकाश चौधरी, २१ वर्षीय प्रितम सोप, २१ वर्षीय बिमल शाही र २८ वर्षीय प्रोसेश सोपलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित