खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन् । उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् ।
जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी दिएको हो ।
रिहाइ लगत्तै उनी गृह जिल्ला कैलाली पुगेका छन् । उनी कैलालीबाट सोमबार नै बर्दियासमेत पुगेका छन् । बर्दिया २ उनको बुवाको निर्वाचन क्षेत्र हो । त्यस क्रममा उनले जनताका पक्षमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा, भारतले देखाएन सटही गर्न चासो

प्रतिक्रिया