१५ वर्षमा ३.६ प्रतिशतमात्र घट्यो गरिबी

काठमाडौं । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३।६ प्रतिशतमात्र घटेको छ। आर्थिक सर्वेक्षण २०७९/८० ले आवधिक योजनाले लिएको गरिबी न्यूनीकरणको लक्ष्य हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको देखाएको हो ।
वर्ष २०७५/७६ को आर्थिक अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत रहेकोमा हालसम्म यस्तो जनसंख्या १५.१ प्रतिशत रहेको अनुमान छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या १७।४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
नेपाल कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडि बढिरहेको र दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएको भए पनि अबका दिनमा गरिबी न्यूनीकरणका लागि थप र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।
सरकारी तथा निजीस्तरबाट सञ्चालित कार्यक्रमबाट निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दै गएको देखिएको छ । जनसांख्यिक लाभको अवसर विद्यमान रहे पनि आन्तरिक रोजगारीका पर्याप्त अवसर उपलब्ध नहुँदा उचित अवसरको खोजीमा युवाशक्ति वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्दो छ ।
श्रमविज्ञ गणेश गुरुङले आन्तरिक रोजगारीका क्षेत्र पहिचान गर्न नसक्दा गरिबी न्यूनीकरण चुनौतीपूर्ण रहेको बताए । साथै, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण आवधिक योजनाले लिएको गरिबी न्यूनीकरणको लक्ष्य हासिल गर्ने कार्य चुनौतीपूर्ण छ। यो समाचार कारोबार दैनिकमा छ ।

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा, भारतले देखाएन सटही गर्न चासो

प्रतिक्रिया