तामाङ होमस्टे गाउँ भुष्मेमा पर्यटन प्रवर्द्धन गर्न आमा समूह र युवा क्लब जुटे

लमजुङ / मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेको पर्यटन प्रवर्द्धनमा आमा समूह र युवा क्लव एकजुट भएका छन् । २०७३ सालमा १० घरबाट होमस्टे सुरु भएको भुष्मेमा पर्यटक आगमन बढाउन उनीहरुले गाउँ सरसफाईदेखि जुवातासमुक्त गाउँ बनाउने निर्णय गरेका छन् । आमा समूह र युवा क्लवले गाउँमा पर्यटन प्रवर्द्धन गर्न आमा र युवा संगसंगै अघि बढ्ने निर्णय गरेको गाउँका अगुवा होमराज तामाङले बताए।
तामाङ भाषा, कला र संस्कृतिले धनी मानिएको भुष्मेमा ५५ घर छन् । गाउँलेले व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका छन् । गाउँमा फलाएको अग्र्यानिक उपभोग्य खानालाई परिकार बनाएर गाउँमै खुवाउन स्थानीयले होमस्टे संचालन गरेका हुन् । होमस्टेलाई थप व्यवस्थित बनाउन गाउँको प्रचारप्रसार गर्ने, आमा समूह र युवा समूह एकजुट हुने, गाउँ सरसफाई गर्ने, गाउँलाई जुवातासमुक्त बनाउने निर्णय गरेको तामाङले बताए ।
मर्स्याङ्दी गाउँपालिका ८ का वडाअध्यक्ष स्थानीय धनसिंह तामाङको विषेश उपस्थितिमा आमा समूह र युवा क्लव पुनर्गठन समेत गरिएको छ । भुष्मेमा आमा समूह र युवा क्लव गठन गरेको करिब ३ दशक पुग्नै लागेको छ । गाउँको विकासमा एकजुट भएसंगै स्थानीयले गाउँमा सामुहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय होमस्टे समेत संचालनमा ल्याएको यो गाउँ तामाङ होमस्टे गाउँले चर्चित छ ।
समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाईको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ४५ मिनेटदेखि १ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । बेंसीसहरबाट खुदी हुँदै भुलभुलेसम्मको ७ किलोमिटर र भुलभुलेबाट ७ किलोमिटर उकालो चढेपछि भुष्मे पुग्न सकिन्छ ।

जजिरा एयरवेजले बन्द गर्यो कुवेत-भैरहवा-कुवेत उडान

नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो

यि हुन् नयाँ बर्ष २०८० मा पुग्नैपर्ने पूर्वका उत्कृष्ट ७ गन्तव्य

खयरमाराको दोभान खोला र भालुजोर ओडार

पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक छ : मुख्यमन्त्री कार्की

संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर

‘पृथ्वी जयन्ती’ का अवसरमा धरानबाट धनकुटासम्म पदयात्रा

प्रतिक्रिया