यस्ता छन् ग्वाँदे खानुका अपत्यारिला फाइदा 

इटहरी / नेपालको मध्य पहाडी क्षेत्रमा पाइने यो  ग्वाँदे, गन्धे, गँदे बहुउपयाेगी तथा बहु औषधीय गुण भएको वनस्पति हो । विश्वका केही मुलुकले यसबाट निकै फाइदा लिई रहेको देखिन्छ । तर नेपालमा धेरैलाई थाहा नभएको वनस्पतिको रूपमा चिनिन्छ । 
यसको जरा, डाँठ र पात सबै खान सकिन्छ । विश्व बजारमा यसको बीउ, पाउडर, क्याप्सुल र ताजा साग विभिन्न सुपर मार्केट हरूमा पाइन्छ । नेपालमा पनि यसको व्यापार राम्रो हुने देखिन्छ र यसको खेती गर्ने तरिका पनि ज्यादै सजिलो छ । यसको बीउ छरेर वा यसको जरालाई नै रोपेर पनि खेती गर्न सकिन्छ । 

ग्वाँदे खानुका फाइदाहरू धेरै छन् । यसलाई राम्रोसँग केलाई उसिनेर चना, केराउ वा उसिनेको आलुसँग मिसाई अचार बनाएर खान सकिन्छ भने यसलाई सुकाएर पाउडर बनाई चियाको रूपमा वा सुपको रूपमा पनि खान सकिन्छ भने यसको पाउडर ग्वाँदे नपाइने समयमा समेत अचार बनाई खान सकिन्छ । सुरुमा खाँदा यसको गन्ध नमिठो आउने हुनाले कसै कसैलाई मन नपर्ने हुन्छ । तर यसको फाइदाहरू निकै भएकोले प्राय मानिसहरू मन पराएर खान थाल्छन् । यसको फाइदाहरू यस्ता छन् ।

१) मानिसहरूमा हुने सुनिने समस्याका लागि यो निकै फाइदाजनक रहेको छ ।
२) मानिसहरूमा देखिने बुढाैलीपनलाई स्थिर राख्नमा ज्यादै प्रभावकारी रहेको छ ।
३) ब्याक्टेरिया तथा भाइरस जन्य रोगहरूका लागि ज्यादै प्रभावकारी मानिन्छ ।
४) यसको सेवनले छालाको सुन्दरता बढाउनका साथै स्वास्थ्य राख्नमा निकै मद्दत गर्छ ।
५) यसको सेवनले कलेजोलाई समेत ज्यादै राम्रो गर्ने हुनाले नियमित रूपमा रक्सी खाने तथा धेरै रक्सी सेवन गर्ने हरूका लागि ज्यादै उपयोगी मानिन्छ ।
६) यसको सेवन मधुमेह अर्थात् सुगर रोगीहरूका लागि औषधिकै रूपमा काम गर्दछ । 

७) यसको सेवनले क्यान्सर रोगीहरूलाई समेत ज्यादै फाइदा गर्दछ । भने क्यान्सर लाग्नै नदिनका लागि समेत सेवन गरिनुपर्छ ।
८) यसको सेवन सार्स जस्ता रोगहरूमा समेत प्रभावकारी मानिएको छ ।
९) यसको महत्त्वपूर्ण गुण हो शरिरिक तन्दुरुस्ती राख्ने काम गर्दछ ।
१०) धेरै प्रकारको रोगहरू सँग लड्ने क्षमता प्रदान गर्दछ ।

  यसलाई आयुर्वेद ले समेत औषधीय महत्त्व बोकेको महत्त्वपूर्ण वनस्पति मानेको छ भने यसको विज्ञहरूले विभिन्न अध्ययन अनुसन्धान गरी मानव स्वास्थ्य मा प्रभावकारी हुने बताएका छन् । यसलाई कौसीमा गमलामा पनि खेती गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित