नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/340649707_150929251259979_6811423937946699913_n.jpg_DVNNeb3VgI_ximojlielh4eseykxdfw5jwpgadmqjueoa9cy1wcl5ghmjuhlaiek3pc8dfg.jpg)
मुगु / नयाँं वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरुको घुइँंचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरुले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरुको संख्या अत्याधिक बढेको बताइन्छ ।
‘पहिला पर्यटकले यो ठाउँंमा सहजै बास पाउने अवस्था थिएन, भक्तपुरबाट घुम्न पुगेका इन्जिनियक कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधासम्पन्न होटलहरु भइसकेका छन् ।’ यही कारण नयाँं वर्षमा रारा घुम्न आउनेहरुको भीड बढेको उनको बुझाई छ ।
रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।
कसरी जाने रारा ?
रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो । तर, अहिले त्यस्तो रहेन । अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ ।
काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।
हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।
ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।
रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ ।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_ZD7GuleqXf_cx3de7fg7avj9owdsx1ddbxzbwyntewec55wkmni7flns8cblldcphtlwjyt.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_sTIprIkc7M_c3ovhrb8fvnu6hg1ylochqyczbqxzpfjjdl5ghpjxwiyda22inqjyritekfo.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_ZoT1OLB9zI_gyaewerax9m5snkob6cecrtdufjawimbygp6jnfjdpcjang5m3tukzumsz3l.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_BYuouAtd1l_nwys6itureyubjvwdsb9qrqij95s3uwadsifylqfy7se0de4xlsuy1nmtpdc.jpg)
प्रतिक्रिया