५७ वर्ष पुग्दा पनि जवान नै देखिन्छन शाहरुख खान , यस्तो छ फिटनेस मन्त्र

एजेन्सी । बलिउडका मेगास्टार शाहरुख खानलाई परिचयको कुनै आवश्यक पर्दैन। भर्खरै आफ्नो ५७ औं जन्मदिन मनाएका उनको विश्वभर नै प्रसिद्द छन्। उनले यति ठूलो सफलता हासिल गर्न निकै कडा मेहनत गरेकाछन्। उनी खानेकुरा र वर्कआउटमा पनि निकै ध्यान दिन्छन्।

एनडीटीभी फूडका अनुसार उनले दिनभरिको सानो खानामा आफ्नो क्यालोरी खपत उनको आहारमा प्रोटिनयुक्त खाना र कार्बोहाइड्रेट समावेश छन्। मांसपेशी रिकभरी बढाउन उनी जिम जान्छन्। जिमपछि उनीप्रोटीन शेक पिउछन्। उनी फ्याट नभएको दूध, छाला निकालेको कुखुराको मासु, अण्डाको सेतो भाग र फलफूल खान्छन्। ग्रिल गरिएको वा उसिनेको तरकारीहरू पनि उनको दैनिक आहारमा म्याक्रोन्युट्रिएन्टको स्रोतको रूपमा समावेश छन्। उनी चिनी खादैनन्। त्यसको सट्टा उनी फलफुल खानमा जोड दिन्छन्। आफुलाई हाइड्रेटेड राख्न उनी प्रसस्त पानी, नरिवलको पानी र फलफूलको रस पिउछन्। उनी दिनमा धेरै पटक ब्ल्याक कफी पिउछन्।

उनका व्यक्तिगत प्रशिक्षक प्रशान्त सावन्तले इन्डिया टुडेलाई भनेअनुसार उनको कसरत योजनामा शक्ति प्रशिक्षण र कार्डियो र साईकलीङ लगाएतका व्यायमहरू मिसिएको हुन्छ। उनी प्राय साँझमा कसरत गर्छन्। सावन्तले भारतीय मिडियालाई बताए अनुसार खान जस्तो सुकै कडा कसरत पनि निकै सजिलो तरिकाले गर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित