बिहानै बासी मुखमा पानी पिउँदा शरीरमा के हुन्छ ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture-14_UCC5hT07SQ_kvkahfqmxacqlqnypvi6hms57cztwqsmfo4zq3kuzate4li0ybiscgxrwmdg.png)
पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ । राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ ।
पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाकोको रोग लाइ पनि हतपत लाग्न दिदैन भने विभिन्न किसिमका रोगहरु लाग्न दिनबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्दछ । यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाइ पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस जानौं पानीलाई कुन समयमा कति मात्रामा पिउने? किनकी पानी पिउने सही तरीकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ ।
बिहान बासी मुखमा पानी पिउनुको फाइदाः बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरु ज्यादा सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्दछ । साथै बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुको पनि सफा हुने काम हुन्छ ।
पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मददत गर्दछ । सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा पुग्दछ । यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याक बाट पनि जोगाउँदछ ।
नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस जसले हाइ ब्लडप्रेसर लाइ कन्ट्रोल गर्न मद्दत गर्दछ । साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिनेहुनाले धेरै खानाको जरुरत पर्दैन जसले तपाइलाइ शरीर मोटाउनबाट जोगाउद छ ।
तपाइ जुन स्थानमा भएपनि तपाइ यदि तनावमा पर्नु भयो भने तत्काल १ गिलास पानी पिउनुहोस यसले तपाइको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाइको तनाव पनि कम हुन्छ । मित्रहरु पानी पिउने नियमलाई यदि तपाइ पनि सुधार गर्नु हुन्छ भने यसबाट हुने फाइदा तपाइलाइ पनि मिल्न थाल्दछ । जसले गर्दा तपाइ आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सक्नु हुनेछ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
प्रतिक्रिया