दम्पतिको कुरा मिल्दैन ? सम्बन्ध बलियो बनाउन गर्नुहोस् यी उपायहरु

काठमाडौं । हरेक परिवारमा श्रीमान श्रीमतीबीच कुरा मिल्दैन् । सानो सानो कुरामा विवाद भैरहेको हुन्छ । कतिपय अवस्थामा त यस्ता समस्याले गर्दा दुबैजना अलग पनि हुनुपर्छ । कतिले घर झगडा सहन नसकेर आत्महत्यासम्म गरेका छन् । आज हामी दम्पतीबीच सम्बन्ध कसरी समधुर बनाइराख्ने भन्ने कुरा लिएर आएका छौँ । दाम्पत्य जीवनमा सामान्य कुराहरुले गर्दा पनि समस्या उत्पन्न हुन्छ । हिन्दु धर्मालम्बीहरुले सिन्दूर प्रष्ट देखिने गरी लगाउनुपर्छ । विवाहमा सिन्दूरको ठूलो अर्थ हुन्छ ।

जानकारी अनुसार सिन्दूर लगाउँदा सकरात्मक उर्जा पैदा भैरहन्छ। पछिल्लो समय सिन्दूरको प्रयोग गर्न धेरै महिलाहरु लजाउने गर्दछन् । यदि सिन्दूर लगाउँदा आफुलाई समस्या वा लाज लाग्छ भने उक्त सिन्दूरलाई आफु सुत्ने कोठाको सिरानी मुनि राखेर लाभ लिन सक्नुहुन्छ ।

यसो गर्दा पनि दाम्पत्य जीवनमा सुधार आएन् भने हरेक मंगलबार भगवान गणेशलाई सिन्दूरले पूजा गर्नुहोला ।यदि घर नजिक मन्दिरहरु छन् भने सो मन्दिरमा गएर वा घरमै फोटाहरु राखेर दुबो, मिठाई र सिन्दूरले पूजा गर्नु उत्तम विधि हुन्छ । अर्कोतिर, शनिबार माछामासु, लसुन, प्याज खानुहुँदैन्, त्यस दिन शुद्ध शाहकारी भोजन गर्नु राम्रो हुन्छ ।

शिव र पार्वतीको जस्तै दाम्पत्य जीवन बनाउनका लागि सुत्ने कोठामा नभई पूजा कोठामा भगवानका तस्बिरहरु राखेर सोमबार ब्रत बस्ने, शिवरात्रीमा पूजा गर्ने गर्नुहोला । महिलाले चुरा लगाउँदा श्रीमानको कानमा प्रभाव पर्ने हुँदा हातमा चुरा, कानमा सुन लगाउनु लाभदायक मानिन्छ ।

साथै प्रत्येक साँझ बिहान कपुर बाल्नु होला । सुत्ने कोठामा ऐना राख्नु भएको छ भने पनि कलह बढ्न सक्छ । अर्को नेपाली समाजमा प्रचलित झगडा हुँदा एकजना आगो हुँदा अर्को पानी बन्न सक्नुपर्छ, यसरी पनि सम्बन्धलाई थप बलियो बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित