सावधान ! फ्रिजमा खाना खुल्लै राख्नुहुन्छ ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/fridge_uncovered_foods_Wvv8ssWu0E_ZofZPZf2pj_3hizkfegft5p5allgm9qxpb38csynvhpbx57slizuvmvb1eq81lthczfkhxv.jpg)
काठमाडौं । प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएको छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । जस्तै लुगा धुन वासिङ मसिन, कोठा सफा गर्न भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवेभ र खाना सुरक्षित रूपमा भण्डारण गर्न फ्रिज (रेफ्रिजेरेटर) । आज हामी फ्रिजमा खानेकुरा खुल्लै राख्दा के हुन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।
धेरैजसो मानिसमा फ्रिजमा सामान कसरी राख्ने भन्ने कुराको चेतना भएको पाइँदैन । सामान्यतः खानालाई फ्रिजमा साँझ राखेर बिहान खाने वा बिहान राखेर साँझ खाने गरिन्छ । वा कतिपय खाना, फलफुल, तरकारी धेरै दिनसम्म पनि राखिन्छ । तर फ्रिजभित्र राख्दैमा खाना नबिग्रिने, ताजा भइरहन्छ भन्ने हुँदैन ।
प्रायः फ्रिजभित्र एकै समयमा काँचो र पाकेको दुवै प्रकारको खाना राख्नुपर्ने अवस्था आउँछ । यसरी फरक प्रकारका खाना खुल्लै फ्रिजभित्र राख्दा सबैभन्दा पहिले त खानाको स्वादमा परिवर्तन आउँछ । स्वाद तथा बास्नामा परिवर्तन हुँदा खाना मिठो हुँदैन । त्यस्तै फरक प्रकारका विभिन्न खाना खुल्लै फ्रिजमा राख्दा ती खानाको रङ्गमा नै परिवर्तन आउन थाल्छ ।
एउटा खानाबाट अर्को खानामा ब्याक्टेरिया सर्नसक्ने भएकाले फरक प्रकारका खाना एकै ठाउँमा खुल्लै राख्दा ‘फुड पोइजनिङ’को जोखिम धेरै हुन्छ । खानालाई छोपेर राख्नाले हानिकारक ब्याक्टेरिया र रसायनहरू खानामा पस्न पाउँदैन ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने साधारण तरिकाले फ्रिजमा चार दिनभन्दा बढी खाना राख्दा उक्त खानामा भएको ब्याक्टेरियाको सङ्ख्या बढ्दै जान्छ । यसले अन्य खानामा पनि असर पार्न थाल्छ । यसकारण चिसोमा राख्दा खानाको ब्याक्टेरिया मर्छ भन्ने भ्रम राख्नु गलत हो ।
कतिपय ब्याक्टेरियाका यस्ता प्रजाति पनि छन्, जो अत्यन्तै न्यून तापक्रममा सक्रिय हुने गर्छन् । त्यस्तै कतिपय यस्ता प्रजातिका ब्याक्टेरिया हुन्छन्, जो अत्यन्तै धेरै तापक्रममा पनि जीवित रहन्छन् । त्यसैले खाना धेरै दिन फ्रिजमा राख्दा चिसोमा सक्रिय हुने हानिकारक ब्याक्टेरिया बढेर खाना अस्वस्थ हुनसक्छ ।
अर्को महत्त्वपूर्ण कुरा भनेको पकाएर तयार पारिएका खाना फ्रिजको माथिल्लो भाग र काँचा खाना तल्लो भागमा राख्नु उत्तम हुन्छ । यसरी दुवै प्रकारका खानेकुरा ढाकेर वा प्याक गरेर राख्दा ब्याक्टेरिया फैलनबाट रोक्नुका साथै फ्रिज सफा पनि हुन्छ ।
त्यस्तै खाना ढाकेर फ्रिजमा राख्दा ‘फ्रिजर बर्न’ (फ्रिजभित्र डिहाइड्रेसन हुँदा खानामा पर्ने प्रतिकूल असर) हुँदैन । ‘फ्रिजर बर्न’ भएका खाना स्वादिलो नहुनुका साथै बासी देखिन्छ । खाना खुल्ला राख्दा त्यसमा फ्रिजको चिसो हावा सिधै सम्पर्कमा रहन्छ, जसले गर्दा फ्रिज डिहाइड्रेट हुन्छ र खाना बिग्रन्छ ।
फ्रिजमा भएको चिसो हावा खानामा जाँदा फ्रिजर बर्न हुने गर्छ । फ्रिजमा हुने यस्तो चिसो हावा सुख्खा हुने गर्छ । फ्रिजमा हाइड्रेसनको मात्रा कम हुने हुँदा खानाबाट पानी सोसिन्छ, जसले गर्दा खाना डिहाइड्रेटेड र सुख्खा हुन्छ । त्यसैले फ्रिजमा राखिने सबै खानालाई ढाकेर राख्नु उत्तम हुन्छ । टिचपानाबाट
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_x2JSIknkPL_kxxn1zmio774pxc4wblfm6g5jbeikoul4kbyinbyv98yiggmyue1frrd7fbr.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_9gVmiAso4v_jfreksselabspaynczkggtvwk4acrha42fhoxpwqmpyiqv3smr7quvsqwkkm.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_MhYxat8y6S_itonchouo9fpiwwqtojzh8ubp5zlrwqpzveyjgyucp1hjjzrf9ahjpnyubbf.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया