के तपाईलाई थाहा छ खुट्टा छुनुका यी वैज्ञानिक कारणहरु ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/scientific-reasons-behind-in-feet-touching-5_GXlPC4594x_pguehwygnwivupgtd084mqazvsxeyvyfslaqaqjbkbg9dx4o4g9tivh3h3ny.png)
काठमाडौं । प्राय: हामी आफूभन्दा ठूलो व्यक्तिको गोडा ढोग्छौँ । खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो । यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ । आउँनुहोस् जानौँ खुट्टा छुनुका वैज्ञानिक कारणहरु…
खुट्टा छोए ऊर्जाको एक चक्र पूरा : खुट्टा छुनका लागि हामी अगाडि झुकेर दाहिने हातले बायाँ खुट्टा र देब्रे हातले दायाँ खुट्टा छुन्छौं । यस प्रक्रियामा हामी एक ऊर्जा चक्र पूरा गर्छौं । विज्ञानका अनुसार ऊर्जा हाम्रो शरीरमा टाउकोबाट प्रवेश गर्छ, त्यसपछि खुट्टातिर बग्छ ।
शक्तिको केन्द्र खुट्टा : विज्ञानमा टाउकोलाई उत्तरी ध्रुव र खुट्टालाई दक्षिणी ध्रुव मानिन्छ । जब हामीले आफ्नो हातले ज्येष्ठ नागरिकको खुट्टा छुन्छौं, विद्युत चुम्बकीय ऊर्जाको चक्र पूरा हुन्छ । गुरुत्वाकर्षणको नियमको आधारमा, ऊर्जाको केन्द्र शरीरको दक्षिणी ध्रुवमा हुन्छ ।
खुट्टा छुँदा शरीरमा सकारात्मक उर्जा प्रवाह : खुट्टा छोएर हामीले त्यो अथाह ऊर्जा भण्डारबाट नयाँ ऊर्जा प्राप्त गर्छौं । त्यसैले मातापिता, गुरु र आदरणीय व्यक्तिहरूको गोडा छुन सल्लाह दिइन्छ, जसले गर्दा हाम्रो शरीरमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ ।
खुट्टा छुनुको मनोवैज्ञानिक फाइदा : खुट्टा छुँदा मनोवैज्ञानिक लाभ पनि हुन्छ । खुट्टा छोएर हामी अरूलाई सम्मान गर्छौं । त्यसले हामीलाई नम्रताको भाव दिन्छ । हामीले जसको खुट्टा छुन्छौं, उसले आशीर्वाद दिन हाम्रो टाउकोमा हात राख्छ । सो स्पर्शले हामीलाई सुरक्षाको अनुभुति हुन्छ ।
सकारात्मकताले दीर्घायु बढाउँछ : धार्मिक आचरणका आधारमा ज्येष्ठ नागरिकको खुट्टा छुँदा हरेक दिन उनीहरुबाट सकारात्मक उर्जा प्राप्त हुन्छ, जसलाई उमेर वृद्धिको कारक मानिन्छ ।
खुट्टा छुँदा शरीरमा रगतको प्रवाह बढ्छ : खुट्टा छुन झुक्नु, बस्दा वा निहुर्दा खुट्टा छुनु आफैंमा एउटा व्यायाम हो । यसो गर्नाले शरीर सक्रिय हुन्छ, शरीरमा रक्तसञ्चार बढ्छ ।
त्यसैले खुट्टा छुनुलाई धार्मिक अभ्याससँग जोडिएको हो । हाम्रो शरीर मस्तिष्कद्धारा नै नियन्त्रित हुन्छ । अगाडि झुक्दा मस्तिष्कको नसामा रक्तसञ्चार बढ्छ र हामी ताजा महसुस गर्छौं । यी कारणले गर्दा खुट्टा छुनुलाई धर्म र आचरणसँग जोडिएको हो । जनबाेलीबाट
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_K8jlI5jpLR_qflsv7utmpld5vnmw9x1ewwlksmuaxprjooicgl8cufyeqfk8tmsnsdubcnk.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया