सपनामा यी १३ चिज देखेमा भइन्छ मालामाल

काठमाडौँ। मानिसले अनेकौं सपना देख्ने गर्छन् । कतिपय सपना रमाइला र रोमान्चक हुन्छन् भने कति डरलाग्दो र भयानक । हुन त सपना देख्नु वा नदेखिनुमा कसैको हात हुँदैन । कसैले सुत्ने वित्तिकै सपना देख्ने गर्छन् भने कसैले पुरै रातमा एउटा सपना समेत देख्दैनन्। त्यसैगरी, स्वप्नशास्त्रकाअनुसार सपनामा आउने धेरै चिजहरुले थुप्रै संकेतहरु दिने गर्दछन्।

जानिराखौं कस्ता सपनाले मालामाल बनाउछ

१. सपनामा देवी देवता देखियो भने निकै शुभ हुने गर्दछ। सपनामा भगवान् देख्दा सम्पूर्ण रोकिएका कामहरु बन्ने र जीवनमा छिट्टै प्रगति–उन्नति हुने गर्दछ।

२. यदि सपनामा नृत्य गरिरहेको महिला देखियो भने आत्यधिक लाभ हुने मान्यता छ। यस्तो सपनाले जीवनमा अथाह सम्पति निम्त्याउने विश्वास गरिन्छ।

३. यदि सपमामा किङफिशर नामक चरा देख्दा नजिक भविष्यमा सबै आर्थिक संकटहरु हट्ने विश्वास छ।

४. सपनामा मुसा देख्दा अत्याधिक लाभ हुने गर्दछ। मुसा भगवान गणेशको बाहन भएका कारण यसलाई सपनामा देखियो भने आर्थिक संकट हटेर जानेगर्दछ।

५. सपनामा कदमको रुख देख्नु शुभ मानिन्छ। सपना यस रुखलाई देख्दा सम्पतिको आगमन हुने साथै स्वास्थमा पनि फाइदा पुग्दछ।

६. यदि सपनामा बाराम्बार मरेका पंक्षी देखियो भने यसले निकट भविष्यमा खुसीको खबर निम्त्याउने तथा आर्थिक लाभ हुनेगर्दछ।

७. सपनामा यदि न्याउरीमुसा देखियो भने धनलाभ हुनुका साथै घरमा सुन चाँदीको अभाव कहिल्यै पनि नहुने विश्वास गरिन्छ।

८. यदि सपनामा मौरी देखियो भने यसले आर्थिक संकट हट्नुका साथै स्वास्थमा सुधार हुने विश्वास गरिन्छ।

९. सपनामा यदि अमला वा कमलको फूल देख्नु शुभ हुने गर्दछ। यस्तो सपनाले निकट भविष्यमा पैसा सम्बन्धी सम्पूर्ण समस्या हट्ने र धन लाभ हुनेगर्दछ।

१०. सपनामा आफ्नो औंठी देख्नु पनि राम्रो संकेत हो। यस्तो सपनाले निकट भविष्यमा धन प्राप्ति हुने गर्दछ।

११. सपनामा गाई देख्दा अत्याधिक लाभ हुने गर्दछ। हिन्दुधर्मशास्त्रमा गाईलाई देवी लक्ष्मीको रुपमा पुजिने गरिन्छ । गाईलाई सपनामा देख्नु आथिक लाभ हुने गर्दछ।

१२. सपनामा यदि हात्ती घोडा देखियो भने अत्याधिक लाभ हुने गर्दछ। यस्तो सपनाले आर्थिक लाभ हुने संकेत दिने गर्दछ।

१३. सपनामा यदि सर्प वा कालो बिच्छी देख्नु पनि आर्थिक संकट हट्ने संकेत गर्नुका साथै धनलाभ पनि हुने विश्वास गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित