रन्नादेवीको पीडा : दिनभर गिट्टी फोर्दा पनि पेटभर खान पुग्दैन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/144123651_126043372719430_3818024444988710550_n-2--scaled_xMlGeyRsyN_bkkbhb32eetwvqj8bctdlkcnuwt9knuwhfmsomun2mxbr9wj9odyehk7jzc5.jpg)
मुगु / हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको ।
छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो पहिरन लगाएर ढुंगा कुटिरहेका महिला ठाउँठाउँमा देखिन्छन् । यही कामबाट उनीहरूले जेनतेन परिवार पालिरहेका छन् । यिनै महिला मध्येकी एक हुन् रन्नदेवी विक । उनलाई हरेक विहान उठ्नेबित्तिकै आज कति गिट्टी कुट्न सकिएला भनेर चिन्ता हुन्छ । यहाँका कयौं परिवार महिलाको यही कामाइले धानिरहेको छ । आम्दानीको अर्को उपाय नहुँदा छायानाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाले गिट्टी कुटेरै जीवन धानिरहेका छन् ।
छाँयानाथ रारा नगरपालिका–५ की २६ वर्षीया रामति कामीले गिट्टी फोडेको आम्दानीबाट घर खर्च चलाउँदै आएको निकै बर्ष भइसक्यो । विहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपासका स्थानमा गिट्टी फोड्ने पुग्छिन् । उनले भनिन्, ‘गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी हुन्छ । यही आम्दानीबाट घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु । यस्तै काम गर्न थालेको करिब १० वर्ष भयो ।’
उनी जस्तै ४० वर्षीया रन्नदेवी विकको पनि उस्तै पीडा छ । रन्नदेवीका त श्रीमान समेत गिट्टी कुट्छन् । श्रीमान श्रीमतीले नै दिनभर गिट्टी कुट्दा पनि दुई छाक मुस्किलले टर्ने गरेको उनी बताउँछिन् । तर अन्य आयस्रोत नहुँदा उनीहरूको विकल्प पनि नभएको दुखेसो गर्छन । रन्नदेवीले भनिन्, ‘हाम्रो रोजगारी नै यही हो । यसैलाई स्वरोजगार ठानेका छौं । श्रीमानश्रीमतीले महिनाको २० हजारसम्म कमाइ गर्छौ ।’
यस्तै, बालमन्दिर आधारभुत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमा, काकीसँगै गिट्टी कुट्न बजार पुग्छिन् । तर उनी रहरले गिट्टी कुटन भने आएकी होइनन् । उनी पढाई खर्च जुटाउन आएको बताउँछिन् ।
उनी आवश्यक कपीकलम किन्न खर्च यहीबाट जोहो गर्छिन । उनले भनिन्, ‘आमाले पनि गिट्टी कुट्दै मलाई पढाई रहनु भएको छ, आमा एक्लैको कमाइले घरखर्च जुटाउन हम्मेहम्मे परेपछि म पनि आएको हो ।’ अरु साथीहरू जस्तै पढ्न, खेल्न मन भए पनि यता आएर काम गर्नु परेको उनले सुनाइन । साथीहरू किताबकापी, झोला बोकेर विद्यालय गएको देख्दा रुन मन लाग्ने उनले बताइन् ।
मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउनका लागि निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ ।
परिवार चलाउन उनीहरू न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । अझ महिलाहरूलाई न्युन पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्रै पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरू बताउँछन् ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_9gVmiAso4v_jfreksselabspaynczkggtvwk4acrha42fhoxpwqmpyiqv3smr7quvsqwkkm.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_K8jlI5jpLR_qflsv7utmpld5vnmw9x1ewwlksmuaxprjooicgl8cufyeqfk8tmsnsdubcnk.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया