‘याैन जीवन’ नै ध्वस्त पारिदिने पुरुषको यो रोग

आज पनि सेक्स र सेक्स जीवनसँग जोडिएका समस्याका बारेमा कुरा गर्न मानिसहरू हिच्किचाउने गर्छन् । तर केही मानिसहरू यौन जीवनबारे खुलेर कुराकानी समेत गर्छन् । पेरोनिज एक यस्तो बिरामी हो, जसबारे धेरै कम मानिसलाई मात्रै जानकारी हुन्छ र यसले तपाईंको यौन जीवन पूर्ण रूपमा बर्बाद गरिदिन्छ । पेरोनिज राेग लागेकाे पुरूषको गोप्य अंगका केही भाग केही अलग रूपमा विकास हुन जान्छ । तर, यो राेग क्यान्सरभन्दा पूरै अलग हो । यस राेगमा यौन सम्बन्धका क्रममा पुरूषको गोप्य अंग उत्तेजनामा आउँदा केही पटक दुखेको अनुभव पनि हुने गर्छ ।

स्टिफन जोन्सले एक बेलायती पत्रिकामा आफ्नो अनुभव सेयर गरेका छन् । पेरोनिज राेगबाट पीडित स्टिफेन जोन्सलाई त्यसबेला अनौठो महसुस भयो, जतिबेला उनले स्कार टिस्यू (चोटबाट बनेको निशान) देखे । ४९ वर्षीय स्टिफन भन्छन्, ‘मलाई यस्तो लाग्थ्यो कि मेरो छाला कतै ठोक्किन पुग्यो र घाउ भयो । मलाई केही दिनपछि मेरो गुप्तांगमा पनि दुख्न थाल्यो र त्यहाँ पनि त्यस्तै निशान बन्यो ।

मैले पनि त्यही गरें, जो अपरिपक्व उमेरका मानिसहरूले गर्छन् । मैले अनलाइनमा आफ्ना लक्षणको जाँच गर्न सुरू गरें । अनुसन्धानपछि मलाई थाहा हुँदै गयो कि यो लक्षण यस्तो बिरामीतिर लक्षित थियो, जो हरेक १० मध्ये एक पुरूषमा हुन्छ, पेनोरिज ।पेनोरिज यस्तो रोग हो, जसबाट गुप्तांगमा केही घाउबाट बनेको निशान या बेन्डिङका कारण सेक्स गर्नु असम्भवजस्तै हुन्छ । यौन सम्बन्धका क्रममा लिंगको आकार टेढो वा अचम्मको हुन सक्छ । कुनै एक भागमा कुनै विकासका कारण अर्कोतिर मोडिन सक्छ र ९० डिग्री या त्योभन्दा बढी एंगलमा पनि मोडिन सक्छ । यो राेगको नाम १८औं शताब्दीमा फ्रेन्च सर्जनको नामबाट राखिएको हो । जसले यसबारे सबैभन्दा पहिले अध्ययन गरेका थिए । यो राेगले ४० वर्ष या त्योभन्दा बढी उमेरकालाई बढी पीडित बनाउन सक्छ । तर युवामा पनि यो राेग हुन्न भन्नेचाँहि होइन ।

यो राेगको कुनै स्पष्ट कारण हुँदैन, तर डाक्टरका अनुसार चोट, खेल या आक्रामक यौन सम्बन्ध यसको जिम्मेवार कारक हुन सक्छ । केही पुरूषमा त यो वंशाणुगत पनि हुनसक्छ भने केही अध्ययनमा यसलाई टेस्टोस्टेरोनको मात्रा कम भएर हुन सक्ने पनि भनिएको छ । डाक्टरका अनुसार पछिल्ला केही वर्षमा यस्ता बिरामीको संख्यामा वृद्धि भएको छ । लण्डनमा एन्ड्रोलोजिस्ट र कन्सलटेन्ट युरोलोजिकल आसिफ मुनीर भन्छन्, ‘अब पुरूष पहिलेको तुलनामा सहयोग माग्न बढी सहज महसुस गर्न थालेका छन् । कतिपय त आफ्ना अभिभावकसँग समेत आउन थालेका छन् ।

स्वास्थ्य विशेषज्ञका अनुसार यस्ता बिरामीहरू मानसिक चिन्तामा पर्छन् भने मानिसहरूबीच जागरूकताको स्तर ज्यादै कम हुने गर्छ । यो राेगको उपचार पनि कठिन हुन्छ र कहिले त शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ । जोन्स भन्छन्, ‘तीन वर्षपहिले मैले पहिलो पटक यो लक्षणमा ध्यान दिएको थिएँ । त्यसपछि लगातार अवस्था बिग्रँदै गयो । त्यसबेला मलाई शारीरिक सम्बन्ध राख्न मन लाग्दैन थियो । किनकि यो मेरा लागि लज्जाको विषय बन्न सक्दथ्यो ।’ एउटा यस्तो समय आयो कि जोन्सका सबै आशा भनेको शल्यक्रियामा आएर अडियो । तर, उनले यसका ‘साइड इफेक्ट’ लाई हेरेर उनले शल्यक्रियाको विकल्प रोजेनन् । डाक्टरले उनलाई शियापेक्सको बारेमा बताए । शियापेक्स ड्रगमा पाइने यस्तो ‘इन्जाइम’ हो, जसले लिंगको कुनै एक भागको वृद्धिलाई रोक्छ । सन्तुलनमा ल्याउँछ । जोन्स भन्छन्, ‘यस्ता हरेक बिरामीलाई सहयोग पुर्‍याउनु आवश्यक छ । उनीहरूमा मानसिक कमजोरी महसुस नगराई जागरूकता ल्याउनुपर्छ ।’ शिलापत्रबाट

प्रतिक्रिया

सम्बन्धित