तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउने जान्नुहोस्

इम्युनिटी बुस्टर तुलसीको चिया पिउनुहोस् : रोगबाट बच्न र रोगसँग लड्न, बलियो प्रतिरोधात्मक क्षमता हुनु महत्त्वपूर्ण छ। जाडो मौसममा रुघाखोकी लाग्नु सामान्य समस्या हो । दैनिक रुपमा तुलसीको चिया पिउने हो भने फ्लु सम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
तुलसीको चिया सेवन गर्नाले रुघाखोकी र चिसोबाट बच्ने मात्रै नभई श्वासप्रश्वासको समस्यादेखि लिएर चिनीसम्मको समस्यालाई पनि नियन्त्रण गर्न सहयोगी हुन्छ ।

तुलसीको चियाले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ, जसले तनाव कम गर्न मद्दत गर्छ। यसले पाचन प्रणालीलाई ठीक राख्छ। तुलसीको चिया शरीरको दुखाईमा पनि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं यसलाई बनाउने सजिलो तरिका। तुलसी चिया बनाउनका लागि सामग्री

१ इन्च अदुवा
५–६ वटा कालो मरिच
२ वटा ल्वांग
२ वटा अलैंची
१ कप पानी

t

१ चम्मच चिया पातहरू
१५ देखि २० वटा तुलसी पातहरू
३ कप दूध
१ देखि ४ चम्मचसम्म चीनि वा गुड़
तुलसी चिया बनाउँने तरिका

सबैभन्दा पहिले, मध्यम आगोमा तताउनको लागि प्यानमा पानी राख्नुहोस्। पानी तातो हुने बित्तिकै त्यसमा तुलसीको पात र अदुवा मिसाएर राम्ररी उमाल्नुहोस्। जब पानी थोरै तातो हुन्छ, धुलो सामग्री र चिया पातहरू थप्नुहोस् र यसलाई २–३ मिनेटको लागि उमाल्नुहोस्। २–३ मिनेटपछि, प्यानमा १५ देखि २० वटा तुलसीका पातहरू राख्नुहोस् र त्यसमा ३ कप दूध हाल्नुहोस्। अब सबै सामग्रीलाई ३–४ मिनेट लागि उमाल्नुहोस्। ३–४ मिनेट मिनेट पछि गुड़ वा चीनि हाल्नुहोस् र गुड़ पग्लिएसम्म उमाल्नुहोस्। जब गुड़ पग्लन्छ, प्यानलाई ग्यासबाट निकाल्नुहोस्। तीन चार जना परिवारमा जति हुनुहुन्छ । भाग लगाएर पिउनुहोस् । वा एक्लैपनि यति पिउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित