विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असर पनि पर्न सक्छ ।

बच्चा बच्चीमा पिसाबको संक्रमण विभिन्न कारणले हुन सक्छ । सामान्यतया बालिकाको तुलनामा बालकलाई पिसाबको संक्रमण कम हुन्छ । तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ।

बाल बालिकाकहरुलाई मिर्गौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फेर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ । यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ ।

यस्ता समस्याले पिडित हुनुहुन्छ भने चिन्ता नलिनुहोस् । हामीले लामो समयदेखि वैकल्पिक चिकित्सामा आधारित होम्योपैथीकबाट यसको उपचार गर्दै आएका छौं । यो उपचार सेवा धेरै ले उठाउदै आउनु भएको छ । यस्ता समस्या देखिएमा सम्पर्क गर्न सक्नु हुनेछ ।

बच्चाले सपनामा बाहिर पिसाब फेरेको देख्छ तर उसले बाहिर नभई बिस्तारामै फेरेको हुन्छ । यस्तो समस्या नआउन दिन बच्चालाई रातीमा उठाएर भएपनि पिसाब गराउने बानी बसाल्न सकेमा त्यो बहम आफै हराएर जान पनि सक्छ ।

कतिपय अवस्थामा बच्चालाई राम्रो संग सम्झाउन सकेपनि यो समस्या आफै हल हुने गरेका घटना छन् । एकपटक १२ बर्षको बच्चिले विस्तारामा पिसाब गर्ने बानी रहेछ हामीले उसलाई नानु तिम्ले अब देखि बिस्तारामा पिसाब नफेर है यदि फेरेको खण्डमा हामीले सिलाई दिन्छौं भने पछि औषधि नदिकन यो समस्या हल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित