पसिना गन्हाउँछ ? यस्ता छन् प्रभावकारी उपायहरू

के तपाईलाइ पसिना गन्हाएर हैरान हुनुहुन्छ ? पसिनाकै कारण कसैको अगाडि जान हिच्कीचाउनु हुन्छ ? चिन्ता नगर्नुस्, यस्तो समस्याबाट सजिलै छुट्कारा पाउन र ताजा महसुस गराउन विभिन्न उपायहरु अपनाउनुस् ।

पुरुषको लागी उपाय

नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम प्रयोग गर्नुहोस् । यसले शरिरमा सुगन्ध छाउने छ ।
एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् ।
नियमित रुपमा काखी सफा गर्नुहोस् । नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् ।
जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस्

महिलाको लागी उपाय

महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम प्रयोग गर्नुस् ।
घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन ।
तनावको कारण पनि पसिना गन्हाउने हुन्छ । यसका लागी तनावमुक्त रहनुस् ।
तालीका मिलाई खाना परिवर्तन गर्नुस् ।
कपडाको रंग तथा कपडाको किसिमले पनि शरिरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।

सबैभन्दा प्रभावकारी उपाय

पर्याप्त पानी खानुस। चुरोट, सुर्ती र रक्सी सेवन नगर्नुस् र शाकाहारी खाना मात्र खानुस्। केही समयमै पसिना गन्हाउने समस्या निर्मुल हुन्छ।

प्रतिक्रिया

सम्बन्धित